समाज


सन्दीपको मुद्दा तत्काल टुंगो लगाउन  जिल्ला अदालतलाई सर्वोच्चको आदेश

सन्दीपको मुद्दा तत्काल टुंगो लगाउन  जिल्ला अदालतलाई सर्वोच्चको आदेश

फाइल तस्बिर


नेपालखबर
फागुन १५, २०७९ सोमबार १८:२३, काठमाडौँ

सर्वोच्च अदालतले क्रिकेटर सन्दीप लामिछानेको जवरजस्ती करणीसम्बन्धी मुद्दा फास्ट ट्रयाकबाट टुंगो लगाउन निर्देशन दिएको छ।

क्रिकेट खेल्न विदेश जान पाउनु पर्ने सन्दीपको निवेदन र पीडितकोतर्फबाट सन्दीपलाई थुनामा राख्नुपर्ने मागसहित महान्यायाधिवक्ता कार्यालयले दिएको रिटको सुनुवाइपछि सर्वोच्चले जिल्ला अदालत काठमाडौंलाई निर्देशनात्मक आदेश दिएको हो। 

सन्दीप क्रिकेटका राष्ट्रिय तथा अन्तर्राष्ट्रिय खेलाडीसमेत भएको जनाउँदै सर्वोच्चले उक्त मुद्दाको फैसला फास्ट ट्रयाकबाट गर्नुपर्ने भनेको हो। 

सन्दीपको क्रिकेट करिअरलाई ध्यान दिँदै लगातार सुनुवाइ अघि बढाएर मुद्दाको फैसला चाँडो गर्न सर्वोच्चले भनेको हो। 

सर्वोच्चको यो आदेशपछि अब जिल्ला अदालत काठमाडौंले सन्दीपविरुद्धको मुद्दाको यथाशीघ्र चाँडो फैसला दिनुपर्ने भएको छ।

न्यायाधीश सपना प्रधान मल्ल र कुमार चुँडालको संयुक्त इजलासले सोमबार सन्दीपको निवेदन स्वीकार्दै उनलाई विदेश गएर खेल्न सशर्त अनुमति दिएको छ। सन्दीपले विदेशबाट १५ दिनमा फर्किएर अदालतमा हाजिर हुनुपर्ने भएको छ। 

उच्च अदालत पाटनले गत पुस २८ गते सन्दीपलाई काठमाडौं छाड्न नमिल्ने आदेशसहित २० लाख धरौटीमा छाड्न आदेश दिएको थियो। 

तर उच्च अदालतको उक्त आदेशविरुद्ध सन्दीप सर्वोच्च पुगेका थिए। पीडितकोतर्फबाट महान्यायाधिवक्ताको कार्यालयले रिट निवेदन दिएको थियो। 

सर्वोच्चदले सन्दीपलाई २० लाख रुपैयाँ धरौटीमा छाड्ने उच्च अदालत पाटनको आदेश भने सदर गरेको छ। काठमाडौं जिल्ला अदालतले सन्दीपलाई थुनामा पठाउने आदेश दिएको थियो। त्यसपछि उनी ९९ दिन केन्द्रीय कारागारमा बसेर उच्च अदालतको आदेशपछि पुस २९ गते रिहा भएका थिए। 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .