समाज


सन्दीपसँग होटलमा बसेर फर्किएपछि किशोरीको म्यासेज–‘लाइफ’कै खुसीको पल

सन्दीपसँग होटलमा बसेर फर्किएपछि किशोरीको म्यासेज–‘लाइफ’कै खुसीको पल

फाइल तस्बिर


नेपालखबर
फागुन १५, २०७९ सोमबार १८:३१, काठमाडौँ

सन्दीप लामिछानेविरुद्ध बलात्कारको आरोप लगाउने किशोरीले घटनापछि खुसीसाथ म्यासेज गरेको देखिएको छ।

सर्वोच्च अदालतले उच्च अदालतको आदेशविरुद्ध परेको रिटमा सुनुवाइ गर्दै सोमबार सन्दीपलाई बलात्कार मुद्दामा पुर्पक्षका लागि थुनामै राख्नु पर्नेसम्मका तथ्य प्रमाण नदेखिएको ठहर गरेको छ। 

न्यायाधीश सपना प्रधान मल्ल र कुमार चुँडालको संयुक्त इजलासले सोमबार सन्दीपको निवेदन स्वीकार्दै उनलाई विदेश गएर खेल्न सशर्त अनुमति दिएको छ। सन्दीपले विदेशबाट १५ दिनमा फर्किएर अदालतमा हाजिर हुनुपर्ने भएको छ। 

ती किशोरीले नगरकोट घुम्नुका साथै सिनामंगलस्थित होटलमा सन्दीपसँग रात बिताएर फर्किएपछि साथीलाई म्यासेज गर्दै लाइफकै रमाइलो पल हिजो भएको बताएको मिसिलमा संलग्न म्यासेजमा उल्लेख छ। 

उच्च सरकारी वकिल कार्यालयले सन्दीपलाई पुर्पक्षका लागि थुनामै राख्नु पर्ने माग गरेको थियो। सन्दीपले भने आफू क्रिकेट खेल्न विदेश जान पाउनु पर्ने माग गर्दै निवेदन दिएका थिए। 

अदालतले उक्त निवेदन स्वीकार गर्दै सन्दीपलाई विदेश जान अनुमति दिएको छ। तर थुनामा फर्काउनुपर्ने सम्मका प्रमाण भने फेला नपरेको उल्लेख छ।

जाहेरवाली किशोरी होटलमा जाँदा, होस्टल फर्किँदा तथा नगरकोटका सीसीटीभी फुटेजमा सन्दीपसँगै हाँसीखुसी देखिएको पाइएको छ। 

‘घटनापछिको बिहान पीडित र प्रतिवादीसँगै होटलबाट प्रतिवादीकै गाडीमा होस्टल पुगेको देखिन्छ। होटल आउँदा र जाँदा सहजताका साथ आए, गएको सीसीटीभी फुटेजमा देखिएको छ। घटनास्थलमा रहेका व्यक्तिहरुले पनि घटना भएको कुरा मिडियाबाट मात्रै थाहा पाएको बताएका छन्’, सर्वोच्चको आदेशमा भनिएको छ।

पीडितले आफ्नो साथीलाई पठाएको म्यासेजमा खुसीको पल नै हिजो थियो भनेको फेला परेको छ।

‘प्रतिवादीलाई भेटेको, नगरकोट गएको लाइफमा सबैभन्दा खुसीको पल नै हिजो थियो भनेर पठाएको देखिन्छ’, आदेशमा भनिएको छ, ‘त्यसपछि क्रिकेट खेल्न केन्या गएकाबेला पनि उनले किशोरीले सन्दीप लामिछानेको जर्सी ल्याएर, सन्दीपको जर्सी लाएर हुटिङ गरेको फोटो ल्यापटपमा फेला परेको छ। यी प्राप्त प्रमाणबाट सन्दीपलाई थुनामै राख्नु पर्ने सम्मको अवस्था देखिएन।’

सम्बन्धित समाचार

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .