नेपाल प्रहरीले एक किलो नक्कली सुनसहित दुई जनालाई नयाँ बसपार्कस्थित तनहुँ होटलबाट पक्राउ गरेको छ।
महानगरीय प्रहरी वृत्त महाराजगञ्जको टोलीले एक किलो नक्कली सुनसहित मोरङका २२ वर्षीय भुपाल लिम्बू र पाँचथरका २४ वर्षीय अरुण राईलाई सोमबार राति पक्राउ गरेको हो।
वृत्तका प्रमुख उमेश लम्सालले नक्कली सुनलाई सक्कली सुन भनेर ठगी गर्न लागेको अवस्थामा पक्राउ गरिएको जानकारी दिए।
पक्राउ परेका दुवै जनालाई हरासतमा लिई आवश्यक अनुसन्धान भइरहेको जनाइएको छ। रासस

प्रतिक्रिया