कला


‘शाहरुखले चलचित्र खेल्ने घोषणा नगरे आत्महत्या गर्छु’

‘शाहरुखले चलचित्र खेल्ने घोषणा नगरे आत्महत्या गर्छु’

नेपालखबर
पुस १५, २०७६ मंगलबार ८:५३,

सन् २०१३ को ‘चिन्नाई एक्सप्रेस’ शाहरुखको पछिल्लो चर्चित चलचित्र थियो। लामो समयसम्म शाहरुख अभिनित चलचित्र नआएपछि उनका शुभचिन्तकहरु दुखी बनेका छन्।

शाहरुखका एक फ्यानले त शाहरुखले नयाँ वर्षमा चलचित्र खेल्ने घोषणा नगरे आफूले आत्महत्या गर्ने नै बताएका छन्।

भोलि बुधबार नयाँ वर्ष सन् २०२० लाग्दैछ। ट्वीटर नाम एसआरके फ्यान रहेको ट्वीटरबाट शाहरुखका एक समर्थकले भोलि शाहरुखले चलचित्र खेल्ने घोषणा नगरे आफूले आत्महत्या गर्ने लेखेका छन्।

बलिउड हंगामाका अनुसार शाहरुख चाँडै नयाँ चलचित्रमा देखिने छन्। राजकुमार हिरानीले निर्देशन गर्ने चलचित्रमा शाहरुखले अभिनय गर्ने पक्का भएको जनाइएको छ। एजेन्सी

 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad