समाचारको विषयलाई लिएर हुम्लाका पत्रकार नरजंग तामाङमाथि कुटपिट भएको भन्दै नेपाल पत्रकार महासंघले आपत्ति जनाएको छ।
नयाँ पत्रिका दैनिक र नेपाल टेलिभिजन हुम्लाका समाचारदाता तामाङलाई हुम्लाको खार्पुनाथ गाँउपालिका कार्यालय नजिक रहेको प्रभु बैंकका कर्मचारी रामजंग शाही र स्थानीय जगदिश हमालले हातपात र दुर्व्यवहार गरेको महासंघले जनाएको छ।
महासंघको कर्णाली प्रदेश समितिका अनुसार पुस ११ गते समाचार संकलन गरेर फर्कने क्रममा पत्रकार तामाङलाई शाही र हमालले हतापात र दुर्व्यवहार गरेका थिए।
‘स्वतन्त्रतापूर्वक पेशागत धर्म निर्वाह गरिरहेका पत्रकारमाथि कार्यस्थलमा हातपात तथा दुर्व्यवहार हुनु प्रेस तथा अभिव्यक्ति स्वतन्त्रतामाथिको हस्तक्षेप हो। महासंघ प्रेस विरोधी यस्ता कार्यको कडा शब्दमा भर्त्सना गर्दछ। र, घटनामा संलग्न व्यक्तिमाथि कानुनी कारबाहीको माग गर्दै प्रेस विरोधी यस्ता कार्य नियन्त्रणमा कडा कदम चाल्न सम्बन्धित निकायसँग माग गर्दछ’ महासंघद्वारा सोमबार जारी विज्ञप्तिमा भनिएको छ।
प्रतिक्रिया