ad ad

समाज


आगलागीका कारण अष्ट्रेलियामा ३० हजार विस्थापित

आगलागीका कारण अष्ट्रेलियामा ३० हजार विस्थापित

नेपालखबर
पुस १४, २०७६ सोमबार १०:४९,

स्थानीय समयानुसार सोमबार विहान ९ बजेतिर उच्च तापक्रम थियो भने तातो हावाहुरी चलेको थियो।

केही दिनदेखि अष्ट्रेलियाका दर्जनौ ठाउँमा आगलागी भइरहेका छन्। ती आगलागी थप फैलिँदै गएपछि हजारौं मानिस विस्थापित भएका हुन्।

“पूर्वी गिप्पस्ल्याण्डका सवै जना आजै त्यहाँबाट अन्यत्र जानु पर्दछ, आगलागीका कारण थप क्षतिको खतरा बढेको छ,” अग्नी नियन्त्रण सम्वन्धी कार्यालयका एक अधिकारीले सामाजिक सञ्जालमा लेखेका छन्।

उनले थप लेखेका छन्, “त्यस क्षेत्रमा यात्रा नगर्नु, त्यस क्षेत्रमा कुनै पनि सहयोग र उद्धारका काम गर्न असंभव छ।”

Image result for australia fire

गिप्सल्याण्डलाई चर्चित र लोकप्रिय पर्यटकीय क्षेत्र मानिन्छ। क्रिसमस र नयाँ बर्षको अवसरमा लाखौँ मानिसले यहाँ भ्रमण गर्ने, बिदा मनाउने गर्दछन्।

आगलागीबाट सचेत रहन भन्दै भिक्टोरिया, साउथ अस्ट्रेलिया, न्यू साउथ वेल्स, तास्मानिया लगायतका क्षेत्रमा पनि चेतावनी दिइएको छ।

अष्ट्रेलियाका धेरै ठाउँमा ४३ डिग्री सेल्सियसको हाराहारीमा तापक्रम रहेको मौसम अधिकारीहरुले जनाएका छन् । त्यसैगरी ३५ किलोमिटर प्रतिघण्टाको गतिमा तातो हावा चलेको छ।

घटनास्थलहरुमा ५ सय ५० भन्दा बढी अग्नी नियन्त्रकहरु र ७० भन्दा बढी विमान र हेलिकोप्टरहरु पनि आपतकालिन उद्धार तथा सहयोगका लागि तयारी अवस्थामा राखिएको अधिकारीहरुले जनाएका छन्। रासस/सिन्ह्वा

Image result for australia fire

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .