वैज्ञानिक हि जियानकुई जिन सम्पादन गरिएका तीनवटा बच्चा प्राकृतिक रुपमा जन्म गराउन सफल भएका थिए।
यस कार्यको विश्वभरबाट आलोचना भएको थियो। विश्वभरका वैज्ञानिकले यस कार्य प्राकृतिक नियमभन्दा फरक भएको भन्दै विरोध गरेका थिए।
वैज्ञानिक हि जियानकुईले जिन इडिट गरिएका ती बच्चाहरुलाई कहिल्यै एचआइभी एड्स नलाग्ने दाबी गरेका थिए।
सिन्ह्वा समाचार संस्थाका अनुसार उनलाई तीन वर्षको जेल सजाय साथै ३० लाख युआन जरिवान गरिएको छ।
यस्तै उनका सहयोगी झाङ रेनिललाई दुई वर्षको जेल सजाय र १० लाख युआन जरिवाना तोकिएको छ भने किन जिनझाओलाई १८ महिना जेल सजाय र ५ लाख युआन जरिवाना तोकिएको छ।
सिन्ह्वाका अनुसार अदालतले भनेको छ,‘यी तीन वैज्ञानिकले पैसा र प्रतिष्ठाका लागि विज्ञानको नियम र मर्यादा तोडे।’

प्रतिक्रिया