संसदीय समितिबाट सूचना प्रविधिका सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक पारित गरेपछि प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले आपत्ति जनाएको छ।
कांग्रेस प्रवक्ता विश्वप्रकाश शर्मालाई ट्विटरमाफर्त देशलाई उत्तर कोरिया बनाउन नागरिकले बहुमत नदिएको बताएका छन्।
‘नागरिकले दिएको बहुमत देशलाई उत्तर कोरिया बनाउन थिएन, होइन र यो विधेयक ठाडै अस्वीकार्य छ,’ उनले लेखेका छन्।
शर्माले यो विधेयकको विरुद्ध ‘जमेर’ विरोध गर्न पनि आह्वान गरेका छन्।
प्रतिनिधिसभाको विकास तथा प्रविधि समितिले सो विधेयक आइतबार पारित गरेको थियो।

प्रतिक्रिया