समाज


गत निर्वाचनमा अनलाइन सञ्चारमाध्यमको दुरुपयोग भएन : अध्यक्ष बस्नेत

गत निर्वाचनमा अनलाइन सञ्चारमाध्यमको दुरुपयोग भएन : अध्यक्ष बस्नेत

नेपालखबर
माघ १२, २०७९ बिहिबार १६:५६, काठमाडौँ

प्रेस काउन्सिल नेपालका अध्यक्ष बालकृष्ण बस्नेतले गत प्रतिनिधि सभा तथा प्रदेश सभा निर्वाचनमा अनलाइन सञ्चारमाध्यमको दुरुपयोग नभएको बताएका छन्।

बिहीवार काठमाडौंमा प्रेस काउन्सिल नेपाल, नेपाल कानून समाज लगायतका संस्थाले संयुक्त रुपमा आयोजना गरेको आम निर्वाचन २०२२ को मिडिया अनुगमन प्रतिवेदनसम्बन्धि राष्ट्रिय कार्यशाला गोष्ठीमा बोल्दै अध्यक्ष बस्नेतले निर्वाचनमा अनलाइन सञ्चारमाध्यमको दुरुपयोग नभएको बताएका हुन्।

उनले निर्वाचन अघि उम्मेदवार र दलहरुले ‘न्यु मिडिया’ तथा अनलाइन सञ्चारमाध्यमको दुरुपयोग हुने हो कि भन्ने त्रासदी भएको भएपनि परिणाम त्यस्तो नभएको स्पष्ट पारे।

निर्वाचन गराउन सरकारी संयन्त्रहरु प्रभावकारी देखिएको उनले उल्लेख गरे। आफूहरुले चुस्त, दुरुस्त ढंगले काम गरेकाले तुलनात्मक रुपमा कम अप्ठ्यारो भएको उनले बताए। 

उनले भने, ‘यो चुनावमा खासगरी न्युमिडियाका प्रभाव, उपस्थितिका कारणले धेरै नै समस्या पर्छ कि, निकै ठूलो हो हल्ला हुन्छ कि, एक दल विरुद्ध अर्को दल, एक नेता विरुद्ध अर्को नेताले सामाजिक सञ्जाल लगायत अनलाइन र न्यु मिडियाको साह्रै ठूलो दुरुपयोग हुन्छ कि भनेर त्रासदी थियो। चुनाव भन्दा अगाडि। तर चुनाव परिणाम आइसक्दाखेरी त्योखालको देखिएन। त्यसको अर्थ हाम्रो संयन्त्रहरु प्रभावकारी नै देखिए। हामीले चुस्त, दुरुस्त ढंगले नै काम गरेको हुनाले तुलनात्मक रुपमा कम अप्ठ्यारो भयो। निर्वाचन आयोगले सोचेजस्तो अप्ठ्यारो आएन। राम्रो संकेत हो।’

उनले मिथ्या सूचना, दुष्प्रचार र घृणास्पद अभिव्यक्तिहरुलाई रोक्नका लागि आवश्यक परे विद्यमान कानूनहरुलाई सच्याउनुपर्ने बताए।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .