समाज


गल्याङ नगरपालिकाका पूर्वप्रमुख अधिकारीसहित पाँच जनाविरुद्ध भ्रष्टाचार मुद्दा

गल्याङ नगरपालिकाका पूर्वप्रमुख अधिकारीसहित पाँच जनाविरुद्ध भ्रष्टाचार मुद्दा

नेपालखबर
माघ ९, २०७९ सोमबार १६:५१, काठमाडौँ

स्याङ्जाको गल्याङ नगरपालिकाका तत्कालिन नगरप्रमुख भूपराज अधिकारीसहित पाँच जनाविरुद्ध भ्रष्टाचार मुद्दा दायर गरिएको छ। 

अख्तियार दुरुपयोग अनुसन्धान आयोगले पूर्वनगर प्रमुख अधिकारी, तत्कालीन प्रमुख प्रशासकीय अधिकृत ईश्वरी प्रसाद पाण्डे, तत्कालीन बाली विकास अधिकृत अरविन्दमणि त्रिपाठी, तत्कालीन लेखापाल राजेन्द्र रेग्मी र तत्कालीन खरिदार सन्तोष कोइरालाविरुद्ध विशेष अदालतमा मुद्दा दायर गरेको हो।

गल्याङ नगरपालिकाका तत्कालीन नगर प्रमुख अधिकारीले दररेट निर्धारण समितिले अदुवाको बीउको दररेट तय गर्ने गरी गरेको सिफारिसमा मनासिव कारण बिना नै अस्वभाविकरुपमा दररेट थप गरी अदुवाको बीउको खरिद कार्य गरी नगरपालिकालाई थप व्ययभार पारी आपूर्तिकर्तालाई गैरकानूनी लाभ र गल्याङ नगरपालिकालाई गैरकानूनी हानी पुर्‍याउने कार्य गरी भ्रष्टाचार गरेको अख्तियारले जनाएको छ।

यसैगरी अधिकारीसहित कर्मचारीको मिलेमतोमा स्पेशिफिकेशनमा उल्लिखित कागजातहरुको परीक्षण नै नगरी गुणस्तरहीन अदुवाको बीउ गानो खरिद गरी भुक्तानीका लागि टिप्पणी आदेश पेश गरेको र पेश भएको टिप्पणी आदेश स्वीकृत गरी पटक पटक २ करोड १४ लाख ५० हजार रुपैयाँ भुक्तानी दिएकोले आपूर्तिकर्तालाई गैरकानूनी लाभ र गल्याङ नगरपालिकालाई हानी पुर्‍याउने कार्य गरी भ्रष्टाचार गरेको उल्लेख छ। 

निजहरुलाई पटक पटक गरी भुक्तानी भएको परिमाणलाई प्रति किलोग्रामका दरले (नगरप्रमुख अधिकारीको तोकबाट बढी भुक्तानी भएकोले सो कट्टा गरी हुन आउने प्रति किलोग्रामको रकम) हुन आउने कुल रकम २ करोड १ लाख ५० हजारमा अग्रिम आय करबापत कट्टा गरिएको ३ लाख ७९ हजार ५०१ रुपैयाँ घटाई कायम हुने रु १ करोड ९७ लाख ७० हजार ४९९ बिगो कायम गरी विगो असुलउपर हुनसमेत मागदावी लिइएको छ।

साथै, अदुवाको बीउ आपूर्तिकर्ता स्पुक ट्रेडर्स प्रालि, तीनकुने, काठमाडौं र उक्त प्रालिका अख्तियार प्राप्त प्रतिनिधि शिव प्रसाद न्यौपानेउपर पनि सोही बमोजिम बिगो कायम गरी आज विषेश अदालत, काठमाडौंमा आरोपपत्र दायर गरिएको अख्तियारले जनाएको छ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad