ग्लोबल बक्स अफिसमा डिस्नेको ‘अवतार : द वे अफ वाटर’ चलचित्रले दुई अर्ब अमेरिकी डलर आम्दानी कटाएको छ।
योसँगै उक्त फिल्म २ अर्ब डलर कमाउने जेम्स क्यामरुनको तेस्रो चलचित्र समेत बनेको छ।
हालसम्म मात्र पाँचवटा चलचित्रले यस्तो कोशेढुंगा पार गरेका छन्। तिनमा अवतार, एभेन्जर्स ः एन्डगेम, क्यामरुनको टाइटानिक, स्टारवार्स : द फोर्स अवेकन्स र एभेन्जर्स : इन्फिनिटी वार छन्।
आइतबारसम्म अवतार २ ले घरेलु टिकट बिक्रीबाट ५९ करोड ८० लाख डलर र विदेशी बजारबाट १ अर्ब ४२ करोड ६० लाख डलर संकलन गरिसकेको छ।
उच्च कमाउने अवतार छैठौँ चलचित्र बनेको छ। हाल यो चलचित्र सिनेमामा प्रदर्शन भइरहेको छ।
264
Shares

प्रतिक्रिया