समाज


चन्द्रमामा पाइला टेक्ने दोस्रो व्यक्ति बज एल्ड्रिनले ९३ वर्षको उमेरमा गरे चौथो विवाह

चन्द्रमामा पाइला टेक्ने दोस्रो व्यक्ति बज एल्ड्रिनले ९३ वर्षको उमेरमा गरे चौथो विवाह

नेपालखबर
माघ ७, २०७९ शनिबार २१:४१, काठमाडौँ

अमेरिकाका पुराना अन्तरीक्षयात्री बज एल्डिनन्ले ९३ वर्षको उमेरमा विवाह गरेका छन्। यो उनको चौथो विवाह हो।

सन् १९६९ मा प्रसिद्ध एपोलो ११ यान चढेर उनी चन्द्रमामा ओर्लेका थिए। निल आर्म्स्ट्रङसँग उनले चन्द्रमामा पाइला टेकेका थिए।

९३ औँ जन्मदिनका विवाह गर्दैगर्दा उनले आफू र पत्नी अंका फौर ‘भागी बिहे गरिरहेका किशोरकिशोरीजत्तिकै उत्साहित रहेको’ बताएका छन्।

लस एन्जेलसमा उनीहरुको विवाह समारोहको तस्बिर एल्ड्रिनले ट्विटरमा साझा गरेका छन्।

‘मेरो ९३ औँ जन्मदिन र लिभिङ लेजेन्ड्स अफ एभियसनका रुपमा सम्मानित हुने दिन लामो समयदेखिकी मेरी प्रेमिका डा. अंका फौर र मैले लगनगाँठो कसेका छौँ,’ उनले ट्विट गरेका छन्।

६३ वर्षीया फौर केमिकल इन्जिनियरिङमा पीएचडी हुन्। उनी एल्ड्रिनको कम्पनी बज एल्ड्रिन भेन्चर्सकी कार्यकारी उपाध्यक्ष पनि हुन्।

१९६९ मा चन्द्रमामा पाइला टेकेपछि एल्ड्रिन विश्वभर प्रख्यात भए। त्यसअघि उनी अमेरिकी वायुसेनाको लडाकु विमानको पाइलट थिए।

यसअघिका उनको तीन वटै विवाह सम्बन्धविच्छेदमा टुंगिएका थिए। एजेन्सी 


 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .