राजनीति


बिजुक्छेको घरमा पुगेर राष्ट्रपतिले भनिन्– माइती आएजस्तै लागेको छ

बिजुक्छेको घरमा पुगेर राष्ट्रपतिले भनिन्– माइती आएजस्तै लागेको छ

नेपालखबर
माघ ७, २०७९ शनिबार २१:५२, काठमाडौँ

राष्ट्रपति विद्यादेवी भण्डारी र नेपाल मजदुर किसान पार्टीका अध्यक्ष नारायणमान विजुक्छेबीच आज शिष्टाचार भेटवार्ता भएको छ।

भक्तपुरको कमलविनायकस्थित विजुक्छे निवास पुगेकी राष्ट्रपति भण्डारीले खुसी व्यक्त गर्दै भनिन्, ‘मलाई आज माइती आएजस्तै लागेको छ, म धेरै खुसी भएको छु।’

उनले क्यान्सर रोगका कारण निधन भएकी विजुक्छे पत्नी शोभा विजुक्छेको निधनप्रति दुःख व्यक्त गर्दै समवेदना प्रकट गरिन्।

भेटमा विजुक्छेले मानिसको जीवनलाई चाहिने अत्यावश्यक औषधि अभावमा मृत्यु हुन नपरोस् भन्नका लागि राज्य गम्भीर भएर लाग्नुपर्ने बताए। 

‘औषधिजस्तो अतिसंवेदनशील वस्तुको व्यवस्था राज्यले गर्नुपर्छ, औषधि अभाव भएर मृत्यु हुने अवस्था देशमा अन्त्य हुनुपर्छ, सरकारले अत्यावश्यक औषधि देशमै उत्पादन गर्नुपर्‍यो, देशलाई चाहिने औषधि उत्पादन गर्न सक्ने र अत्यावश्यक औषधिको व्यवस्था गर्न सक्ने गरी औषधि व्यवस्था विभागले काम गर्नुपर्‍यो।’ विजुक्छेले भने।

विदेशमा सहजरूपमा पाइने क्यान्सरको औषधि नेपालमा ल्याउनसमेत नसक्दा औषधि अभावमै विजुक्छे पत्नी शोभाको उपचारमा समस्या आएर ज्यान गएको स्मरण गरे। 

विजुक्छेले मानिसका लागि औषधि र कृषिका लागि रासायनिक मल उत्पादन आफ्नै देशले गर्नुपर्ने बताउँदै मल उत्पादन नहुँदा कृषिमा देश पछाडि परेको बताए। उनले भक्तपुरको शिक्षा, कृषि, स्वास्थ्यको अवस्था र ऐतिहासिक सम्पदाको संरक्षणको अवस्थाकाबारेमा राष्ट्रपतिलाई जानकारी गराएका थिए।
 
भेटमा राष्ट्रपति भण्डारीले स्वास्थ्य र शिक्षाका विषयमा आफूले पनि सरोकार र चासो राखिरहेको बताउँदै शिक्षा, स्वास्थ्य, सम्पदा संरक्षणको क्षेत्रमा भक्तपुरले गरेको काम देखेर खुसी लागेको बताए।

पौने एक घण्टा विजुक्छे निवासमा भएको शिष्टाचार भेटमा शिक्षा, स्वास्थ्य, कृषि र सम्पदा संरक्षणकाबारेमा कुराकानी भएको भेटमा सहभागी नेमकिपाका केन्द्रीय सदस्य एवं बागमती प्रदेशसभा सदस्य सुरेन्द्रराज गोसाईँले जानकारी दिए।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .