आइतबार पोखरामा भएको यती एयरलाइन्सको विमान दुर्घटनामा परी हराएका एक व्यक्ति अझैसम्म फेला परेका छैनन्।
दुर्घटना पश्चात परिचालित सुरक्षा फौजले आज दुर्घटनास्थल लगायत सेती नदीको बहावस्थलमा खोजी कार्य जारी राखेको नेपाली सेनाले जनाएको छ। रातको कारण आजको लागि स्थगित खोजी कार्य भोलि पनि सुचारु रहने सेनाको भनाई छ।
माघ १ गते (आइतबार) कास्कीको पोखरा महानगरपालिका–१५ नयाँगाउँस्थित सेती नदीको खोँचमा विमान दुर्घटना हुँदा ७१ जनाको मृत्यु भएको पुष्टि भइसकेको छ।
विमानमा यात्रु र चालक दलका सदस्य गरी ७२ जना सवार थिए।
108
Shares

प्रतिक्रिया