ad ad

समाज


बागमती कार दुर्घटना अपडेट : श्रीमान नदीमा बेपत्ता, श्रीमतीलाई गंगालाल लगियो

बागमती कार दुर्घटना अपडेट : श्रीमान नदीमा बेपत्ता, श्रीमतीलाई गंगालाल लगियो

नेपालखबर
माघ २, २०७९ सोमबार २१:३०, काठमाडौँ

चोभारमा भएको कार दुर्घटनामा एक जना बेपत्ता भएको खुलेको छ। स्थानीयले कारमा तीन जना रहेको खबर प्रहरीलाई दिए पनि एक जनाको उद्धार भएको र एक जना मात्रै हराइरहेको प्रहरीले जनाएको छ।

प्रहरीले दुर्घटनास्थलबाट ४६ वर्षीया अम्बिका लामिछानेलाई उद्धार गरेको छ। उनलाई उपचारका लागि शहिद गंगालाल हृदय रोग केन्द्र बाँसबारीमा लगिएको छ। उनका श्रीमान राजकुमार लामिछाने वेपत्ता रहेको प्रहरीले जनाएको छ। 

प्रहरीका अनुसार घाइतेका छाेरा बाँसबारी अस्पताल पुगेका छन्। उनले बाबु आमा दुवै जना कारमा रहेको जानकारी दिएका छन्।

बा ५ च ५६५४ नम्बरको सुजुकी कार दुर्घटना भएको थियो। 

बेपत्ताको खोजिका लागि नेपाल प्रहरी र सशस्त्र प्रहरी परिचालन भएपनि फेला पार्न सकेनन्। नदीमा बेपत्ता उनको खोजिकार्य आजलाई रोकिएको छ। भोलि बिहान पुनः खोजि गरिने पनि प्रहरीले जानकारी दिएको छ। 

सोमबार बेलुका पौने ५ बजे चोभार जलविनायक स्थित बागमती नदी पुल नजिकबाट कार ५० मिटर तल खसेको थियो। बागमती नजिकै कार अड्किए पनि मान्छे नदीमा उछिट्टिएर बेपत्ता भएको प्रहरीको भनाई छ।

बेपत्ताको खोजीका लागि गाेताखोर लगिएपनि फेला नपरेको ललिलपुरका प्रहरी प्रमुख एसपी प्रविण पोखरेलले जानकारी दिए।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .