ad ad

समाज


यतीको जहाज दुर्घटना : सेतीको खोँचमा खसेका तीनजना अझै भेटिएनन्

सोमबारलाई खोजी स्थगित, मंगलबार बिहानै थालिने
यतीको जहाज दुर्घटना : सेतीको खोँचमा खसेका तीनजना अझै भेटिएनन्

जहाज दुर्घटनास्थलमा उद्धारकर्मी। तस्बिर : नेपालखबर


नेपालखबर
माघ २, २०७९ सोमबार १८:४३, काठमाडौँ

आइतवार भएको यती एयरलाइन्सको एटीआर जहाज दुर्घटनापछि सुरक्षाकर्मीले सोमबार साँझसम्म ६९ जना यात्रुको शव निकालेका छन्।

पोखराको घारीपाटनस्थित सेती खोँचमा खसेर भएको यतीको जहाज दुर्घटनालगत्तै थालिएको उद्धार कार्य जटिल भूगोल भएका कारण चुनौतीपूर्ण रहेको सशस्त्र प्रहरीले जनाएको छ।

सशस्त्र प्रहरीका सहायक प्रवक्ता डीएसपी शैलेन्द्र थापाका अनुसार सोमबार साँझसम्म ६९ जना यात्रुको शव घटनास्थलबाट निकालेर पश्चिमाञ्चल स्वास्थ्य विज्ञान प्रतिष्ठानमा राखिएको छ। जसमध्ये २१ शवको पोखरामै पोष्टमार्टम गरी आफन्तलाई बुझाइने छ। 

यो दुर्घटनापछि सेती खोँचमा परेर बेपत्ता भएका तीनजना यात्रु अझै फेला पर्न नसकेको डीएसपी थापाले बताएका छन्। 

उनका अनुसार ती यात्रुको खोजीकार्यलाई मंगलबार पनि निरन्तरता दिइने छ। 'बाँकी ३ जनाको खोजी कार्य जारी रहेको छ', उनले भने, 'भोलि पनि खोजी कार्यलाई जारी राख्छौँ।'

थापाका अनुसार सोमबार घटनास्थलबाट एउटा खुट्टा , एउटा हात र करङ फेला परेको छ। तर ती अंग एउटै ब्यक्तिको हो वा फरक भन्ने खुलेको छैन। सोमबार साँझ परेसँगै खोजी कार्य स्थगित गरिएको थापाले बताएका छन्। 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .