समाज


बन्द भएको छोरी शिक्षा बीमा पुनः माघदेखि सुरु हुने

बन्द भएको छोरी शिक्षा बीमा पुनः माघदेखि सुरु हुने

शैलेन्द्र महतो
पुस १०, २०७६ बिहिबार १३:२६,

जनशक्ति अभावले स्थगित भएको प्रदेश २ सरकारलेको ‘बेटी पढाऊ, बेटी बचाऊ’ कार्यक्रमअन्तर्गत सञ्चालित छोरी शिक्षा बीमा पुनः सुरु हुने भएको छ। गएको कात्तिक २६ गतेदेखि बन्द छोरी शिक्षा बीमा अगामी माघ २ गतेबाट पुनः सुरु हुने ‘बेटी पढाऊ, बेटी बचाऊ’ अभियानकी संयोजक प्रियंका यादवले जानकारी दिइन्।

छोरी शिक्षा बीमालाई व्यापक बनाउँदै जनस्तरसम्म पु¥याउन छोरी बीमा सप्ताह सञ्चालन गर्ने उनले बताइन्। प्रदेश सरकारले प्रत्येक स्थानीय तहमा शिविर सञ्चालन गरी उनीहरुको घरदैलोमै पुगी बीमा लगायतको अन्य सुविधा प्रदान गर्ने गरी सप्ताह मनाउने निर्णय गरेको मुख्यमन्त्री तथा मन्त्रिपरिषद कार्यालयले जनाएको छ।

माघ २ गतेदेखि प्रदेशको आठ वटै जिल्लामा शिविर सञ्चालन गरी शिक्षा बीमाका साथै छोरीहरुको स्वास्थ्य जाँच, निःशुल्क औषधि वितरणसमेत गर्ने कार्यक्रम रहेको संयोजक यादवले जानकारी दिइन्।

छोरी बीमा सप्ताह प्रदेश २ को १ सय ३६ वटै स्थानीय तहमा पुगेर सम्पन्न हुने छ। विभिन्न कारणले पछिल्लो १ वर्ष भित्र बीमा गराउन नसकेका सम्पूर्ण छोरीहरुलाई यस छोरी बीमा सप्ताहमा बीमा गराउने लक्ष्या रहेको यादवको भनाई छ।

कर्मचारीको अभावमा स्थानीय तहहरुमा छोरी शिक्षा बीमा नभएपछि सर्वसाधारणहरु काखे छोरी बोकेर जनकपुरस्थित मुख्यमन्त्री तथा मन्त्रिपरिषद कार्यालयमा बीमा गराउन आउने गरेका थिए।

प्रदेश सरकारले प्रभु बैंकसँग सम्झौता गरी नवजात बालिकाको नाममा एकमुस्ट रकम जम्मा गर्ने गरेका छन्। छोरीले २० वर्षपछि १ लाख २५ हजार रुपैयाँ उपलब्ध गराउने प्रावधान छ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad