ad ad

समाज


छुट्टाछुट्टै दुर्घटनामा तीन जनाको मृत्यु

छुट्टाछुट्टै दुर्घटनामा तीन जनाको मृत्यु

फाइल।


नेपालखबर
पुस १८, २०७९ सोमबार १२:५९, काठमाडौँ

काठमाडौंका तारकेश्वरमा स्कुटर दुर्घटनामा परी गम्भीर घाइते भएका युवकको मृत्यु भएको छ।

गएराति तारकेश्वर नगरपालिका ७ चिमलपोखरीस्थित सडकमा बा ९८ प ९१३ नम्बरको स्कुटर बिद्युतको पोलमा ठोक्किएको थियो। 

दुर्घटना हुँदा स्कुटर चालक नुवाकोट शिवपुरी गाउँपालिका ७ बस्ने ३८ वर्षीय पशुपति डगोलको मृत्यु भएको छ।

दुर्घटना गम्भीर घाइते भएका उनको ग्रिनसिटी अस्पताल बसुन्धरामा उपचारको क्रममा मृत्यु भएको काठमाडौं प्रहरीले जानकारी दिएको छ।

त्यस्तै, चितवन, भरतपुर महानगरपालिका–२९ केराबारीस्थित सडकमा ना ६ ख ३३१२ नम्बरको ट्रकले बागमती प्रदेश ०३–००३ प ६५७४ नम्बरको मोटरसाइकललाई आइतबार साँझ ठक्कर दिंदा मोटरसाइकल चालक तनहुँ भानु नगरपालिका–८ बस्ने ३८ वर्षीय सञ्जिव बहादुर रायमाझीको मृत्यु भएको छ।

दुर्घटनामा गम्भीर घाइते भएका उनको भरतपुर सरकारी अस्पतालमा उपचारको क्रममा मृत्यु भएको हो। ट्रक चालकलाई प्रहरीले
नियन्त्रणमा लिएको छ।

उता, सुनसरी, बराहक्षेत्र नगरपालिका–११ मधुवनस्थित सडकमा सोमबार साँझ भएको दुर्घटनामा साइकलयात्री सोही नगरपालिका–१० जुँगे चोक बस्ने २१ वर्षीया सोल्जा ठाकुरको मृत्यु भएको छ।

सोल्जा सवार साइकल र भारत घर भएका २३ वर्षीय अजिम साफी सवार साइकल एक–आपसमा ठोक्किएर लडेको अवस्थामा को १ त ४३७८ नम्बरको ट्याक्टरले समेत ठक्कर दिँदा गम्भीर घाइते भएकी सोल्जाको विराट नर्सिङ अस्पतालमा उपचारको क्रममा मृत्यु भएको हो।

ट्याक्टर चालक र साइकलयात्री अजिमलाई प्रहरीले नियन्त्रणमा लिएको छ। दुर्घटनाका सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .