सर्लाहीमा एक भारतीय युवती शिशुलाई जन्म दिएर फरार भएकी छन्।
सोमबार दिउँसो प्रादेशिक अस्पताल मलंगवामा शिशुलाई जन्म दिएर २२ वर्षीया भारतीय युवती फरार भएकी हुन्।
जिल्ला प्रहरी कार्यालय सर्लाहीका प्रहरी नायव उपरीक्षक (डिएसपी) विजय यादवका अनुसार सोमबार दिउँसो १ बजे भारतको सोनवर्षा घर बताउने २२ वर्षीया सैयम कुमारी प्रादेशिक अस्पताल मलंगवा पुगेकी थिइन्।
सुत्केरी बेथाले च्यापेपछि अस्पताल पुगेकी उनले केही सयमपछि नै ट्वाइलेटमा गएर शिशु ९छोरा०लाई जम्म दिएकी थिइन्। शिशु जन्माउनासाथ उनी फरार भएको अस्पताल प्रशासनले जनाएको छ।
अवैध गर्भको कारण ती युवतीले शिशुलाई जन्म दिएर छाडेको आशंका प्रहरीले गरेको छ। शिशुको अवस्था सामान्य रहेको डिएसपी यादवले जानकारी दिए।
प्रहरीले शिशुलाई मलंगवास्थित ओसिएमसी संस्थाको जिम्मा लगाएको छ। हाल शिशुलाई प्रादेशिक अस्पतालमै राखिएको छ।
शिशुलाई जन्म दिने युवतीको खोजी भइरहेको डिएसपी यादवले जानकारी दिए।
Shares
प्रतिक्रिया