ad ad

समाज


चुन उद्योगले प्रदुषण फैलाएपछि अनुगमन समिति गठन

चुन उद्योगले प्रदुषण फैलाएपछि अनुगमन समिति गठन

नेपालखबर
पुस ८, २०७६ मंगलबार १२:४४,

तनहुँको व्यास नगरपालिका वडा नं ११ मूलपानीमा रहेका ‘कृषि चुन’ उद्योगले प्रदुषण फैलाएको भन्दै विवाद उत्पन्न भएपछि नगरपालिकाले अनुगमन समिति गठन गरेको छ।

मंगलबार वडा अध्यक्ष निर बहादुर खड्काको अध्यक्षतामा गठन भएको समितिका सदस्यहरुमा कम्पनीको प्रतिनिधिसहित नगरपालिकाका प्रतिनिधि, उद्योग वाणिज्य संघका प्रतिनिधि बैकुण्ठ मिश्र, प्रभावित क्षेत्रका बासिन्दाहरु हरि बहादुर खड्का, विनायक भट्टराई र भरत बहादुर घर्ती सदस्य छन्। समितिले वातावरण प्रदुषणबारे अनुगमन गर्नेछ।

उद्योगले वातावरण प्रदुषण गरेको भन्दै स्थानीय आन्दोलित भएपछि नगरपालिकाले सो समिति बनाएको संघर्ष समितिका संयोजक भरतबहादुर घर्तीले जानकारी दिए। नगरपालिकाका मेयर बैकुण्ठ न्यौपानेले प्रभावित क्षेत्रको अवलोकन गरेपछि अनुगमन समिति बनाइएको हो।

सो क्षेत्रमा करिब ६ महिना अघि स्थापना भएको ‘कृषि चुन’ उद्योगले प्रदुषण फैलाएको संयोजक घर्तीले बताए।

करिब ४ हजार घरधुरीलाई प्रत्यक्ष प्रभावित पार्ने सो उद्योग बन्द गर्न पटक पटक स्थानीयले दबाब दिएपनि सुनुवाई नभएपछि संघर्ष समिति नै बनाएर आन्दोलन थालेका हुन्। संघर्ष समितिका संयोजक भरतबहादुर घर्तीले उद्योगका कारण गाउँ नै छाड्नुपर्ने अवस्था आएको बताए।

तत्कालिन घाँसीकुवा गाविससँग अनुमति लिएर कम्पनीले सो क्षेत्रमा उद्योग खोलेको बताइएको छ। तर, स्थानीयबासीलाई प्रत्यक्ष असर पुर्याइरहेका चुना उद्योग तत्काल त्यहाँबाट अन्यत्र सार्नुपर्ने स्थानीयको माग छ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .