ad ad

कारोबार


ठमेलका बिजुली खम्बाबाट ६० प्रतिशत तार हटाइयो (भिडियो)

ठमेलका बिजुली खम्बाबाट ६० प्रतिशत तार हटाइयो (भिडियो)

नेपालखबर
पुस ८, २०७६ मंगलबार १२:४३,

पर्यटकीय क्षेत्र ठमेलबाट बिजुलीका खम्बामा जेलिएर रहेका असरल्ल तारहरु हटाउने काम सुरु गरिएको छ। ठमेललाई कुरुप पारेको भन्दै तारलाई अन्डरग्राउन्ड व्यवस्थापन गर्ने गरी काम थालिएको हो।

गत मंसिर २९ गतेबाटै ठमेल पर्यटन विकास परिषद्को नेतृत्वमा अव्यवस्थित तारहरु हटाउने काम भइरहेको छ। तर उक्त कार्यको सरकारी संयन्त्रबाटै विरोध भएको छ।

पर्यटन भ्रमण वर्षलाई लक्षित गर्दै पोलमा रहेका टेलिफोन, इन्टरनेट, केबललगायतका तारहरु अण्डरग्राउण्ड गर्ने काम सुरु भए पनि जनताको अधिकार हनन भएको भन्दै विरोध भएको हो।

thamel wire 1

महानगरको २६, २७, १६ र १७ वडा अर्थात् ठमेलको पूरै क्षेत्रमा ११ दिनदेखि तार काट्ने काम भइरहेको छ। हालसम्म ६० प्रतिशत काम सकिएको परिषद्का उपाध्यक्ष राजुमान डंगोलले जानकारी दिए। उनले भने, ‘मुख्य ठाउँ त सकिएको छ। अब गल्लीहरुको तार काट्ने काम बाँकी छ। त्यसमा सबैतिरको विरोध पनि आएको छ।’

तर त्यो विरोध ठमेलको पक्षमा नरहेको उनको भनाइ छ। पर्यटकीय क्षेत्र ठमेल तारैतारले जेलिएर कुरुप भएको छ। त्यसलाई सुन्दर बनाउन तार काटिँदा विरोध हुनु गलत भएको उनले बताए।

thamel wire 2

उनले नेपालखबरसँग भने, ‘सरकारी संयन्त्रले समेत त्यसको विरोध जनाएको छ। त्यस्तै निजी नेट केवल कम्पनीहरुले त करोडौँ घाटा लाग्यो भन्ने कुराहरु गरिरहेका छन्। त्योभन्दा अघि हामीले तार काट्ने काम एक्कासि गरेको हो भनेर बुझ्नुहुँदैन।’

thamel wire 3

राष्ट्रिय दैनिकमा सूचना प्रकाशित गरेर मात्रै तार काटिएको उनले जानकारी दिए। उनले ठमेलको सौन्दर्य नै तारले कुरुप पारेपछि हटाउने काम सुरु गरिएको बताए। उनले सरकारी संयन्त्रहरुलाई पनि यसबारे जानकारी गराइएको बताए।

thamel wire 4

यसको विरोध आएपछि सोमबार विद्युत् प्राधिकरणमा निजी नेट केबल कम्पनी प्राधिकरण, परिषद्लगायतका व्यक्तिहरु बसेर छलफल समेत भएको छ। उक्त छलफलपछि यसको समाधान गर्ने विषयमा ११ सदस्यीय समिति बनेको र त्यसले तार व्यवस्थापन तथा हालको समस्या समाधान गर्ने उनले बताए।

thamel wire 5

नेपाल दूरसञ्चार प्राधिकरणले भने यो तार काट्ने काम गलत भएको बताएको छ। उसले प्रेस विज्ञप्ति नै जारी गरी जनताको सूचनाको पहुँचलाई असर पर्ने गरी तार काटिनु कुनै पनि दृष्टिले गलत भएको बताएको छ।

तस्बिर/भिडियाेः प्रविन काेइराला

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .