समाज


चिसो बढ्यो, काठमाडौँको तापक्रम ५ डिग्रीमा झर्‍यो

चिसो बढ्यो, काठमाडौँको तापक्रम ५ डिग्रीमा झर्‍यो

फाइल तस्बिर : बिहीबार धुम्म परेको काठमाडौँ उपत्यका (तस्बिर : सरोज बैजु/नेपालखबर)


नेपालखबर
पुस ८, २०७९ शुक्रबार ६:४५, काठमाडौँ

केही दिनयता चिसो बढिरहेको छ। यसै क्रममा आज काठमाडौँ उत्यकाको तापक्रम ५.२ डिग्री सेल्सियसमा झरेको मौसम पूर्वानुमान महाशाखाकी मौसमविद् प्रतिभा मानन्धरले जानकारी दिइन्। उनका अनुसार हिजो बिहाबार भने काठमाडौँ उत्यकाको न्यूनतम तापक्रम ६.५ डिग्री सेल्सियस थियो। 

काठमाडौँको आजको न्यूनतम तापक्रम अहिले बिहान ८:४५ बजे पुनः अपडेट गरिनेछ भने त्यतिबेला देशका अन्य स्थानका न्यूनतम तापक्रम पनि महाशाखाले सार्वजनिक गर्नेछ। 

हिजो बिहीबारको मापनअनुसार भने देशका विभिन्न स्थानका अधिकतम र न्यूनतम तापक्रम  यसप्रकार छः 

मौसम विश्लेषण 
महाशाखाका अनुसार हाल देशमा पश्चिमी न्यून चापीय प्रणालीको आंशिक प्रभाव छ। अहिले (शुक्रबार बिहान) देशको पहाडी क्षेत्रमा आंशिक बदली रही तराईका केही स्थानमा हुस्सु/कुहिरो लागेको छ।

महाशाखाले जारी गरेको मौसम पूर्वानुमान बुलेटिनअनुसार दिउँसो देशका पहाडी क्षेत्रमा आंशिक बदली रही बाँकी स्थानमा मौसम सामान्यतया सफा रहनेछ।

बुलेटिनअनुसार राति देशका पहाडी भेगमा आंशिकदेखि सामान्य बदली रही बाँकी स्थानमा आंशिक बदली रहनेछ। सुदूरपश्चिम प्रदेश र कर्णाली प्रदेशका हिमाली भेगका थोरै स्थानमा हल्का हिमपातको सम्भावना छ।

महाशाखाले आगामी  २४  घण्टाका  लागि  चेतावनी  तथा  परामर्श पनि जारी गरेको छ। 

जसमा भनिएको छः सुदूरपश्चिम प्रदेश र कर्णाली प्रदेशका हिमाली भूभागका थोरै स्थानमा हल्का हिमपातको सम्भावना र देशका अधिकांश भूभागमा तापक्रम क्रमिक रूपमा घट्दै जाने तथा तराईका केही भूभागमा बिहानीपख हुस्सु/कुहिरो लाग्ने सम्भावना रहेको हुनाले दैनिक जीवन तथा सडक तथा हवाई यातायातमा सामान्य प्रभावको सम्भावना रहेकाले आवश्यक सावधानी तथा सतर्कता अपनाउन हुन अनुरोध छ। 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad