गण्डकी


पोखरा खेलकुदको सहरका रूपमा विकास हुँदै : मुख्यमन्त्री पोखरेल

पोखरा खेलकुदको सहरका रूपमा विकास हुँदै : मुख्यमन्त्री पोखरेल

फाइल।


नेपालखबर
पुस ८, २०७९ शुक्रबार ६:४६, काठमाडौँ

गण्डकी प्रदेशका मुख्यमन्त्री कृष्णचन्द्र नेपाली पोखरेलले पोखरा खेलकुदको सहरका रूपमा विकास हुँदै गएको बताएका छन्।

उच्च शिक्षालय तथा माध्यमिक विद्यालय सङ्घ नेपाल (हिसान) कास्कीद्वारा आयोजित १५औँ संस्करणको हिसान स्पोर्ट्स मिटको आज पोखरामा उद्घाटन गर्दै उहाँले पोखरामा हुने राष्ट्रिय, अन्तर्राष्ट्रिय प्रतियोगिता एवं खेल गतिविधिले यसलाई खेलकुदको संस्कृतियुक्त सहरका रूपमा स्थापित गर्न सहयोग गरेको बताए।

पोखरालाई खेलकुद राजधानीको सहरका रूपमा घोषणा गर्न प्रदेश सरकारले पटक–पटक आफ्ना कुरा सङ्घीय सरकारलाई अघि बढाएको उनले बताए। 

हिसानले शिक्षा क्षेत्रसँगै खेलकुदको विकासमा महत्त्वपूर्ण भूमिका खेलेको उनले बताए।

हिसानका केन्द्रीय अध्यक्ष तथा राष्ट्रिय खेलकुद परिषद् (राखेप)का पूर्वसदस्य सचिव रमेश सिलवालले खेलकुदमा कहिल्यै पनि राजनीतिमा जस्तो हार वा जित नहुने बताए।

खेलकुदले एकताको विकास गर्न अहम् भूमिका खेल्ने उल्लेख गर्दै उनले हिसानले आगामी दिनमा राष्ट्रियस्तरको फुटसल प्रतियोगिता आयोजना गर्न लागेको जानकारी दिए।

हिसान कास्कीका अध्यक्ष यामबहादुर रोक्का, हिसान स्पोर्ट्स मिटका संयोजक डा रामजी शर्मालगायतले शिक्षासँगै खेलकुदको विकास र खेलाडी उत्पादनका लागि स्पोर्ट्स मिटलाई निरन्तरता दिँदै आएको बताए।

कार्यक्रममा अतिरिक्त क्रियाकलापका विजेता विद्यालय तथा विद्यार्थीलाई पुरस्कार वितरण गरिएको थियो भने विभिन्न विद्यालयका विद्यार्थीले एकल तथा सामूहिक नृत्य प्रस्तुत गरेका थिए। 

हिसान कास्कीमा विद्यालय, कलेज र विश्वविद्यालय गरी आबद्ध ७२ मध्ये ६० शिक्षण संस्थाले स्पोर्ट्स मिटमा सहभागिता जनाएका छन्। स्पोर्ट्स मिटमा आठ हजार विद्यार्थीको प्रत्यक्ष सहभागिता रहने प्रचारप्रसार संयोजक डिल्लीराम अर्यालले जानकारी दिए। रासस

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad