ad ad

समाज


सिंहदरबारको गेटमा परराष्ट्रकी अधिकृतको ज्यान लिने मोटरसाइकल चालक जेल चलान

सिंहदरबारको गेटमा परराष्ट्रकी अधिकृतको ज्यान लिने मोटरसाइकल चालक जेल चलान

मोटरसाइकलको ठक्करबाट ज्यान गुमाएकी आस्था सु्ब्बा


नेपालखबर
पुस ७, २०७९ बिहिबार १८:४७, काठमाडौँ

गत कात्तिक १८ गते साँझ परराष्ट्र मन्त्रालयकी अधिकृत आस्था सुब्बालाई ठक्कर दिएर ज्यान लिने मोटरसाइकल चालकलाई जेल सजाय भएको छ। 

अनामनगरस्थित सिंहदरबार पूर्वी गेटअगाडि बाटो काट्दै गरेकी ३२ वर्षीया सुब्बालाई ठक्कर दिने मोटरसाइकल चालकलाई जिल्ला अदालत काठमाडौंले बिहीबार जेल सजाय सुनाएको हो। 

आस्थाको ज्यान लिने प्रदेश ३–०२–००८ प ३६१७ नम्बरको मोटरसाइकल चालक तनहुँको व्यास नगरपालिकाका २४ वर्षीय मिलन राना अदालतको आदेशसँगै पुर्पक्षका लागि कारागार चलान भएका हुन्।  

दुर्घटनाका क्रममा मोटरसाइकलका चालक राना पनि घाइते थिए। उनलाई उपचारपछि सिंहदरबार बृत्तको हिरासतमा राखेर अनुसन्धान गरिएको थियो। 

त्यसपछि अनुसन्धान सकेर प्रहरीले सवारी ज्यानको कसुरमा मुद्दा चलाउनुपर्ने रायसहित सरकारी वकिल कार्यालयमा अनुसन्धान फाइल बुझाएको थियो।

रानाविरुद्ध यातायात व्यवस्था ऐन २०४९ को दफा १६१ अन्तर्गत (२) अन्तर्गत रानाविरुद्ध मुद्दा कसुरमा काठमाडौं जिल्ला अदालतमा मुद्दा दर्ता भएको थियो। प्रहरीले रानाविरुद्ध १० वर्षसम्म कैद सजाय माग दाबी गरेको थियो।

उक्त कानुनमा लापरबाहीपूर्वक सवारी चलाउँदा कसैको ज्यान गएमा तीनदेखि १० वर्षसम्म कैद सजाय हुने भनिएको छ। 

यो मुद्दामा जिल्ला अदालतले तत्काल प्राप्त प्रमाण अनुसार राना निर्दोष ठहर्ने अवस्था नरहेको निचोडसहित जेल पठाउने निर्णय गरेको हो। 

दुर्घटनामा ज्यान गुमाएकी अधिकृत सुब्बा मन्त्रालयकी कुशल कर्मचारीमध्ये थिइन्। उनी गत सेप्टेम्बरमा  संयुक्त राष्ट्रसंघीय महासभामा नेपालका तर्फबाट परराष्ट्र सचिव भरतराज पौड्यालले नेतृत्व गरेको टोलीको सदस्यका रूपमा न्युयोर्क पुगेकी थिइन्। उनका पति र नाबालक छोरा छन्।
 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .