ad ad

समाज


सुन मिश्रित कपडासहित विमानस्थलबाट दुई भारतीय नागरिक पक्राउ

सुन मिश्रित कपडासहित विमानस्थलबाट दुई भारतीय नागरिक पक्राउ

नेपालखबर
मंसिर २८, २०७९ बुधबार १७:२६, काठमाडौँ

त्रिभुवन विमानस्थलबाट सुन मिश्रित कपडासहित भारतको कलकाता र मुम्बई जान लागेका दुई भारतीय नागरिक पक्राउ परेका छन्।

एयर इन्डियाको उडानद्वारा काठमाडौंबाट कलकत्ता जान लागेका भारतीय नागरिक सिराज कुन्नापिल्ले र इन्डिगो एयरबाट मुम्बई जान लागेका फैसाल कोटाकुन्डिली अबु पक्राउ परेका हुन्।

सिराजले लिइ आएको फुलबुट्टे कपडाहरु थान–५ को अन्दाजी तौल २३८० ग्राम र गलाएपछि आएको सुनको तौल ७४.७५० ग्राम बरामद भएको प्रहरीले जनाएको छ। 

यस्तै, फैसालले लिई आएको फुलबुट्टे कपडाहरु थान–५ को अन्दाजी तौल २३८० ग्राम र गलाएपछि आएको सुनको तौल ७३.८९० ग्राम भएको छ।

उनीहरुलाई आवश्‍यक अनुसन्धान एवं कारबाहीको लागि त्रिभुवन विमानस्थल भन्सार कार्यालय, गौचरमा बुझाइएको प्रहरीले जनाएको छ।
 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .