ad ad

समाज


यसकारण समातिए काठमाडौँबाट ९७ चिनियाँ नागरिक

यसकारण समातिए काठमाडौँबाट ९७ चिनियाँ नागरिक

दीपक खरेल
पुस ७, २०७६ सोमबार ११:५७,

ओभरस्टे, वित्तीय अपराध र ह्याकिङको आशंकामा प्रहरीले काठमाडौँबाट ९७ चिनियाँ नागरिकलाई पक्राउ गरेको छ।

केन्द्रीय अनुसन्धान ब्युरोको नेतृत्वमा प्रहरीले बालाजु, महाराजगञ्ज र बुढानीलकण्डमा रहेका घरमा छापा मारेर उनीहरुलाई पक्राउ गरेको हो।

ब्युरोका डीआईजी निरजबहादुर शाहीले चिनियाँ नागरिकहरुको गतिविधि समेत शंकास्पद देखिएपछि उनीहरुलाई पक्राउ गरिएको जानकारी दिए।

‘आलिसान बंगलामा बसिरहेकाहरुको गतिविधि पनि शंकास्पद देखियो,’ उनले भने, ‘ओभरस्टे, वित्तीय अपराध र ह्याकिङको आशंकामा उनीहरुलाई पक्राउ गरिएको हो।’

नियन्त्रणमा लिइएका ९७ जनालाई सोमबार राति वृत्तहरु र परिसरमा राखेर थप सोधपुछ गरिने प्रहरीले जनाएको छ।

ब्युरोका डीआईजी शाहीले चिनियाँहरुबाट सामान्य अवस्थामा भन्दा धेरै ल्यापटप र मोबाइल बरामद भएको जानकारी दिए।

‘भोलि अध्यागमनको सहकार्यमा यसबारे थप कारवाही हुन्छ। ल्यापटप र मोबाइल परीक्षणका लागि पठाइन्छ। बरामद सामग्रीको पहिचान गरेर थप कारबाही अघि बढ्ने छ,’ उनले भने।

ब्युरोका एसपी रामदत्त जोशीले आपराधिक क्रियाकलाप भइरहेको भन्ने विशेष सूचनाका आधारमा डीआईजीकै नेतृत्वमा छापा मारिएको बताए।

उनका अनुसार कतिपय चिनियाँहरु विद्यार्थी भिसामा आएर व्यापार गरिरहेको फेला परेको छ।

छापा मार्न गएका प्रहरीलाई चिनियाँहरुले दुव्र्यवहार गरेको पनि प्रहरीले जानकारी दियो।

यसअघि भदौ १४ मा काठमाडाँैका विभिन्न एटीएम ह्याक गरी करिब २ करोड रुपैयाँ लुट्ने चिनियाँ ह्याकरको टोली पक्राउ परेको थियो।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .