ad ad

समाज


भानु माध्यमिक विद्यालयको ५८ औँ वार्षिकोत्सव सम्पन्न

भानु माध्यमिक विद्यालयको ५८ औँ वार्षिकोत्सव सम्पन्न

नेपालखबर
पुस ७, २०७६ सोमबार ११:३९,

चितवनको भरतपुर महानगरपालिका २१ पार्वतीपुरमा रहेको भानु माध्ययमिक विद्यालयले ५८ औँ वार्षिकोत्सव मनाएको छ।

विद्यालयमा आयोजित एक कार्यक्रमकाबीच  ५८ औँ वार्षिकोत्वस मनाइएको हो।

वार्षिकोत्सव कार्यक्रमलाई सम्बोधन गर्दै प्रदेश ३ का सामाजिक विकास मन्त्री युवराज दुलालले शिक्षाको गुणस्तर सुधार गर्नका लागि विद्यालयको महत्वपूर्ण भूमिका हुने बताए। उनले सामुदायिक सामुदायिक विद्यालयको गुणस्तर बृद्धि गर्नको लागि प्रदेश सरकार गम्भीर भएको बताउँदै विद्यालयले पनि उत्कृष्ट भूमिका खेल्नुपर्ने बताए।

उनले सरकार मात्रै विद्यालय सुधार गर्न नसक्ने भन्दै शिक्षक, विद्यार्थी, व्यवस्थापन समिति र अभिभावकको भूमिका पनि महत्वपूर्ण रहेको बताए।

मन्त्री दुलालले सामुदायिक विद्यालयको गुणस्तर वृद्धि, भवन निर्माण, प्रयाप्त आवश्यक सामग्रीको व्यवस्थापन गर्न सरकारले योजना ल्याएको जानकारी दिए।

 विद्यालय व्यवस्थापन समितिका अध्यक्ष दिलिप न्यौपानेको अध्यतामा सम्पन्न कार्यक्रममा विभिन्न सांस्कृतिक झाँकी प्रस्तुत गर्नुका साथै विद्यालयलाई सहयोग गर्नै व्यक्तिहरुलाई सम्मान समेत गरिएको थियो

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .