ad ad

खेल


भुटानलाई पाखा लगाउँदै आर्मी फाइनलमा

भुटानलाई पाखा लगाउँदै आर्मी फाइनलमा

नेपालखबर
पुस ७, २०७६ सोमबार ११:४०,

पाहुना टोली भुटानलाई पराजित गर्दै विभागीय नेपाल आर्मी सातौं प्रधानसेनापति अन्तर्राष्ट्रिय महिला फुटबल प्रतियोगिताको फाइनलमा प्रवेश गरेको छ। भद्रकालीस्थित नेपाली सेनाको हेडक्वार्टरको खेल मैदानमा सोमबार भएको दोस्रो सेमिफाइनलमा भुटानलाई २–० ले पाखा लगाउँदै आर्मीले शसस्त्र प्रहरीको एपीएफसँगको भेट पक्का गरेको हो।

खेलको १० औं मिनेटमा पुजा रानामगरले गोल गर्दै टोलीलाई अग्रता दिलाएकी थिईन्। खेलको ८४ औं मिनेटमा गोलरक्षक विट भएको अवस्थामा विमला चौधरीले गोल गर्दै आर्मीको जित पक्का गरेकी हुन्। खेलको वुमन अफ दि म्याच पुजा राना बनिन्।

आजै बिहान भएको खेलमा पुलिसलाई अतिरिक्त समयमा ५–२ ले पराजित गर्दै एपीएफ फाइनलमा पुगेको थियो। निर्धारित समयको खेल २–२ गोलको बराबरीमा पुगेपछि टुंगिएको थियो। अतिरिक्त समयमा एपीएफले दुई गोल गर्दै उपाधिनजिक पुगेको हो। एपीएफका लागि सावित्रा भण्डारी ‘साम्वा’ले ह्याट्रिक तथा अनिता बस्नेत र रेखा पौडेलले गोल गरे। पुलिसकी निशा सुनार र कप्तान घिम कुमारी गुरुङले गोल फर्काए पनि जितका लागि पर्याप्त भएन।

DB9A9882_copy.jpg

उपाधिका लागि विभागीय डर्बीमा आर्मी र एपीएफबीचको खेल भद्रकालीस्थित नेपाली सेनाको हेडक्वार्टरको खेल मैदानमा बुधबार हुनेछ।

यसअघि समुह चरणको भेटमा एपीएफले आर्मीलाई ४–२ गोल अन्तरले पाखा लगाउँदै समुह विजेताको रुपमा सेमिफाइनल पुगेको थियो।

सेमिफाइनमा स्थान बनाएका भुटान र नेपाल पुलिस क्लवले समान ५० हजार रुपैयाँ प्राप्त गर्नेछन्। प्रतियोगिताको विजेताले ३ लाख, उपविजेताले १ लाख ५० हजार रुपैयाँ प्राप्त गर्नेछन्। प्रतियोगिताको सर्वोत्कृष्ट खेलाडीले १ थान स्कुटर प्राप्त गर्नेछन्। यस्तै, उत्कृष्ट किपर, मिड फिल्डर, डिफेन्डर, फरवार्ड र प्रशिक्षकले जनही १० हजार रुपैयाँ प्राप्त गर्नेछन्।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .