ad ad

समाज


गाडीले छात्रालाई ठक्कर दिएपछि चावहिल क्षेत्र तनावग्रस्त

गाडीले छात्रालाई ठक्कर दिएपछि चावहिल क्षेत्र तनावग्रस्त

नेपालखबर
पुस ७, २०७६ सोमबार ३:११,

चावहिलस्थित पशुपति क्याम्पसमा अध्ययनरत एक छात्रालाई गाडीले ठक्कर दिएपछि बिहानैदेखि चावहिल क्षेत्र तनावग्रस्त बनेको छ।

बीबीएस चौथो वर्षमा अध्ययनरत विद्यार्थी २१ वर्षीया सृष्टि पन्तलाई आज (सोमबार) बिहान पाैने ६ बजे मध्यपुर ठिमी यातायातको बा ७ ख ५९३० नम्बरको बसले ठक्कर दिएर गम्भीर घाइते बनाएपछि विद्यार्थीले चावहिल क्षेत्रमा यातायात अवरुद्ध गर्दै प्रदर्शन गरेका हुन्।

विद्यार्थीले केही गाडीमा आगजनी र तोडफोडसमेत गरेका प्रहरीले जनाएको छ।

घाइते पन्तको अवस्था गम्भीर रहेको बताइएको छ। पन्तको ओम अस्पताल चावहिलमा उपचार भइरहेको महानगरीय प्रहरी परिसर काठमाडौँका डिएसपी होविन्द्र बोगटीले जानकारी दिए।

पन्तलाई सुकेधारामा गाडीले ठक्कर दिएको हो। ठक्कर दिएर गाडी भागेपछि विद्यार्थीहरुले अन्य गाडीमा तोडफोड र आगजनी गरेका हुन्।

‘छात्रालाई ठक्कर दिने गाडी र चालकलाई महाराजगञ्ज प्रहरीले नियन्त्रणमा लिइएको छ,’ बोगटीले नेपालखबरसँग भने, ‘अहिले चावहिल क्षेत्रको अवस्था सामान्य बन्दै गएको छ।’

विद्यार्थीले बा ४ ख ७१०१ नम्बरको बसमा आगजनी गरेका छन् भने बा ३ ख ४४३३ नम्बरको बसमा तोडफोड गरेका छन्।

प्रदर्शनका क्रममा विद्यार्थी र प्रहरीबीच केहीबेर झडप समेत भएको थियो। झडपमा परि केही विद्यार्थी र प्रहरी घाइते भएका छन्।

पशुपति क्याम्पस वरपर ठुलो सँख्यामा प्रहरी परिचालन गरिएको छ।

सवारी साधनमा ढुंगामुढा गर्ने दुई जनालाई नियन्त्रणमा लिइएको डिएसपी बोगटीले जानकारी दिए।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .