ad ad

राजनीति


ट्रम्पविरुद्ध महाभियोग : भेटियो यस्तो प्रमाण

ट्रम्पविरुद्ध महाभियोग : भेटियो यस्तो प्रमाण

नेपालखबर
पुस ७, २०७६ सोमबार ३:१९,

महाभियोग लागेका अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले पद दुरुपयोग गरेको एउटा प्रमाण पर्दाफास भएको छ।

उनले गत जुलाइमा आफ्ना युक्रेनी समकक्षीसँग टेलिफोन वार्ता गरेको ९१ मिनेटपछि नै ह्वाइट हाउसले युक्रेनलाई दिने सहायता रोक्का गर्न भनेको एउटा इमेलबाट खुलासा भएको हो।

हालै सार्वजनिक इमेल अभिव्यक्ति स्वतन्त्रतासम्बन्धी मुद्दामा एउटा अदालतको आदेशपछि सेन्टर फर पब्लिक इन्टिग्रिटीले प्राप्त गरेको हाे।

ट्रम्पले जेलेन्स्कीसँग कुराकानी गरेको ९१ मिनेटपछि ह्वाइट हाउसका वरिष्ठ अधिकारी माइक डफेले युक्रेनलाई दिने गरिएको सहायता रोक्का गर्ने विषयमा सम्पर्क गरेको इमेलले देखाउने बीबीसीले उल्लेख गरेको छ।

टेलिफोन वार्तामा ट्रम्पले आफ्ना डेमोक्र्याटिक प्रतिद्वन्द्वी जो बाइडेनविरुद्ध अनुसन्धान गर्न युक्रेनी राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीलाई आग्रह गरेका थिए।

राष्ट्रपति ट्रम्पले पद दुरुपयोग गरेको कुरा यसले प्रस्ट पारेको डोमोक्र्याटहरूको दाबी छ।

त्यो महत्त्वपूर्ण टेलिफोन कुराकानीकै आधारमा शक्तिको दुरुपयोग गरेको भन्दै राष्ट्रपति ट्रम्पविरुद्ध अमेरिकाको तल्लो सदन हाउस अफ रेप्रेजेन्टेटिभ्सले महाभियोग प्रस्ताव पारित गरेको छ।

तर माथिल्लो सदन सिनेटमा रिपब्लिकनहरूको नियन्त्रण रहेकाले ट्रम्प पदबाट हट्ने सम्भावना देखिन्न।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .