यतिबेला (आइतबार बिहान) देशका पहाडी क्षेत्रमा मौसम सफा तथा तराईमा हुस्सु/कुहिरो लागेको मौसमविद्ले बताएका छन्।
तर अपराह्नबाट पहाडी क्षेत्रमा मौसम आंशिक बदली हुनेछ तथा दिउँसोदेखि तराईका हुस्सु/कुहिरो हटेर जाने मौसम पूर्वानुमान महाशाखाका मौसमविद् राजु प्रधानांगले बताए।
‘हिजोसम्म पूर्वतिर पश्चिमी वायुको न्यूनचापीय प्रणालीको थोरै प्रभाव थियो,’ उनले नेपालखबरसँग भने, ‘तर आजबाट त्यो हटेको छ।’
उनका अनुसार अहिले नेपालमा कुनै उल्लेखनीय मौसम प्रणाली छैन।
आज काठमाडौं उपत्यकामा भने दिनभरजसो मौसम सफा रहने देखिएको मौसमविद् प्रधानांगले बताए।
‘काठमाडौंमा चाहिँ आज दिनभर नै घाम लाग्ने देखिएको छ,’ उनले भने।

प्रतिक्रिया