समाज


आज राति १२ बजेबाट सवारीसाधन चलाउन रोक

आज राति १२ बजेबाट सवारीसाधन चलाउन रोक

फाइल तस्बिर


नेपालखबर
मंसिर ३, २०७९ शनिबार १९:१७, काठमाडौँ

निर्वाचनको सुरक्षालाई मध्यनजर गर्दै आज शनिबार राति १२ बजेबाट सवारीसाधन चलाउन रोक लगाइएको छ। शनिबार राति १२ बजेबाट आइतबार मतदान सम्पन्न नहुँदासम्म गाडी चलाउन नपाइने गृह मन्त्रालयले जनाएको छ। 

मन्त्रालयका प्रवक्ता फणिन्द्रमणि पोखरेलका अनुसार निर्वाचनको सुरक्षालाई लक्षित गरी १२ बजेदेखि गाडी चलाउन रोक लगाएको हो। 

कतिपय सवारी साधन र यात्रुहरु बिच बाटोमै अलपत्र पर्न सक्ने भएकाले राति १२ बजेबाट नै गाडी चलाउन रोक लगाइएको उनले जानकारी दिए। ‘कतिपय सवारी साधन र यात्रुहरु बिच बाटोमै अलपत्र पर्न सक्ने भएकाले राति १२ बजेबाट नै बन्द गराउन भनेका छौं,’ पोखरेलले नेपालखबरसँग भने। 

निर्वाचनको दिन साँझ ५ बजेसम्म सवारी चलाउन रोक लगाइएको हो।

आइतबार बिहान ७ बजेदेखि प्रतिनिधि सभा र प्रदेश सभाका लागि देशभरी मतदान हुँदैछ। मतदानका लागि सम्पूर्ण तयारी पूरा भएको निर्वाचन आयोगले जनाएको छ। 

साथै, कसैको डर, त्रार, धम्की र प्रलोभनमा नपरी मतदान गर्न समेत आयोगले आग्रह गरेको छ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .