राजनीति


हचुवा र प्रायोजित सर्वेक्षण सार्वजनिक गर्नु आपत्तिजनक छ : राजेन्द्र लिङ्देन

हचुवा र प्रायोजित सर्वेक्षण सार्वजनिक गर्नु आपत्तिजनक छ : राजेन्द्र लिङ्देन

नेपालखबर
मंसिर ३, २०७९ शनिबार १९:३३, काठमाडौँ

राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का अध्यक्ष राजेन्द्र लिङ्देनले निर्वाचनको पूर्वसन्ध्यामा भएका मत सर्वेक्षणप्रति आपत्ति जनाएका छन्। 

शनिबार साँझ एक विज्ञप्ति जारी गर्दै लिङ्देनले हचुवा र प्रायोजित सर्वेक्षण सार्वजनिक गरिनु निर्वाचनको आचारसंहिता विपरित भएको बताएका छन्। 

‘प्रतिनिधिसभा र प्रदेश सभाको निर्वाचनको पूर्व सन्ध्यामा निर्वाचनलाई प्रभावित तुल्याउने बदनियतका साथ हचुवा र प्रायोजित सर्वेक्षण सार्वजनिक हुनु÷गरिनु आपत्तिजनक मात्रै होइन निर्वाचनको आचारसंहिता विपरीत छ,’ लिङ्देनले भनेका छन्, ‘यस्ता कार्यहरू अविलम्ब रोक्न, सार्वजनिक गरिएका सर्वेक्षण रेकर्डबाट हटाउन र यसको प्रभावकारी अनुगमन गर्न राप्रपा निर्वाचन आयोगको गम्भीर ध्यानाकर्षण गराउँदछ।’

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .