हाल देशमा पश्चिमी वायुको सामान्य प्रभाव छ भने देशका पहाडी तथा हिमाली भेगमा आंशिक बदली रही बाँकी स्थानमा मौसम सामान्यतया सफा रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ।
महाशाखाले आज बिहान ६ बजे जारी गरेको मौसम पूर्वानुमान बुलेटिनअनुसार दिउँसो प्रदेश १, गण्डकी प्रदेश र कर्णाली प्रदेशका पहाडी भेगका आंशिक बदली रही बाँकी भेगमा मौसम सामान्यतया सफा रहनेछ। प्रदेश १ र गण्डकी प्रदेशका हिमाली भेगका एक वा दुई स्थानमा हल्का हिमपातको सम्भावना छ।
बुलेटिनअनुसार आज राति प्रदेश १, गण्डकी प्रदेश र कर्णाली प्रदेशका पहाडी भेगमा आंशिक बदली रही बाँकी स्थानमा मौसम सामान्यतया सफा रहनेछ। गण्डकी प्रदेशको हिमाली भेगका एक वा दुई स्थानमा हल्का हिमपातको सम्भावना छ।
15
Shares
प्रतिक्रिया