ग्लोबल


उत्तर कोरियाको मिसाइलले अमेरिका हान्न सक्छ : जापान

उत्तर कोरियाको मिसाइलले अमेरिका हान्न सक्छ : जापान

नेपालखबर
मंसिर ३, २०७९ शनिबार ८:१, काठमाडौँ

जापानको रक्षा मन्त्रालयले उत्तर कोरियाको अन्तरमहादेशीय ब्यालेस्टिक मिसाइल (आईसीबीएम) अमेरिकासम्म प्रहार गर्न सक्ने किसिमको रहेको बताएको छ।

उत्तर कोरियाले हालै परीक्षण गरेको आईसीबीएम उक्त क्षमताको रहेको जापानले बताएको हो। उत्तर कोरियाले परीक्षण गरेको आईसीबीएम  जापानको होक्काइडो भन्दा २१० किलोमिटर पश्चिमतर्फ खसेको थियो। 

अमेरिकाले उत्तर कोरियाको परीक्षणको निन्दा गरेको छ। साथै दक्षिण कोरियाले पनि उत्तर कोरियाविरुद्ध कडा कदम चालिन सक्ने चेतावनी दिएको छ।

बिहीबार उत्तर कोरियाका विदेशमन्त्री चोए सोन हुईले कोरियाली प्रायद्वीपमा अमेरिकी सेनाको उपस्थितिबारे आपत्ति जनाउँदै उक्त आईसीबीएम परीक्षण गरिएको बताएका छन्। बिहीबारै उत्तर कोरियाले अर्को छोटो दूरीको मिसाइल पनि परीक्षण गरेको थियो। 

यसअघि गत आइतबार दक्षिण कोरियाली राष्ट्रपति यून सुक येओल र अमेरिकी समकक्षी जो बाइडेनबीच भेटवार्ता भएको थियो। उक्त वार्तामा अमेरिका र दक्षिण कोरियाबीचको सैन्य सहकार्य बढाउँदै लैजाने सहमति भएको थियो। उत्तर कोरियाले भने दक्षिण कोरिया र अमेरिकाबीचको सैन्य सहकार्यको लामो समयदेखि विरोध गर्दै आएको छ। 

पछिल्लो दुई महिनामा मात्र उत्तर कोरियाले ५० भन्दा धेरै मिसाइल परीक्षण गरिसकेको छ। यद्यपि अधिकांश मिसाइल छोटो दूरीका थिए। अहिले परीक्षण गरेको लामो दूरीको आईसीबीएम भने अमेरिकाको लागि उत्तर कोरियाको ठूलो चुनौतीको रुपमा हेरिएको छ। 

उत्तर कोरियाको आईसीबीएमले ६१ सय किलोमिटरको उचाइ र एक हजार किलोमिटरको दूरी पार गरेको बीबीसीले उल्लेख गरेको छ। यदि सही कोणमा यो मिसाइल प्रहार गर्ने हो भने यसले अमेरिकासम्म प्रहार गर्न सक्ने जापानले बताएको छ।

जापानका प्रधानमन्त्री फुमिओ किशिदाले भने उत्तर कोरियालाई यस किसिमका गतिविधि स्वीकार्य नरहेको भन्दै यसअघि नै चेतावनी दिइसकेको उल्लेख गरेका छन्। पछिल्लो समय अमेरिकाको विषयलाई लिएर उत्तर र दक्षिण कोरियाबीचको तनाव बढेको छ। 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad