छापा खबर


विदेशी बालिकामाथि गिद्दे दृष्टि लाउने नेकपा कार्यकर्ता यसरी पुगे प्रहरी कष्टडीमा

विदेशी बालिकामाथि गिद्दे दृष्टि लाउने नेकपा कार्यकर्ता यसरी पुगे प्रहरी कष्टडीमा

नेपालखबर
पुस २, २०७६ बुधबार २:३५,

भ्रमण वर्ष २०२० मुखैमा छ। नेपाल आकर्षक र सुरक्षित गन्तव्य भनी विश्वव्यापी प्रचार छ।

तर, यहीँ घुम्न आएकी १२ वर्षीया विदेशी बालिका बलात्कार प्रयासमा परेकी छन्।

सत्तारुढ नेकपाकै जनप्रतिनिधिका नातेदार अभियोग लागेर प्रहरी हिसासतमा पुगेका खबर आजको जनआस्था साप्ताहिकले छापेको छ।

मंसिर २८ गते शनिबार लाङटाङको दृश्य हेर्न रसुवा पुगेको बेला एक अस्टे«लियन बालिकामाथि यौनजन्य कसुर गरेको आरोप लागेपछि पीडितका अभिभावक काठमाडौँस्थित महानगरीय प्रहरीमा पुगेका थिए।

सोहीबमोजिम ट्रेकिङ गाइडको काम गर्ने भनी परिचय दिएका २९ वर्षीय सुनिल पौडेललाई प्रहरीले पक्रेको छ। सोध्दा उनले करणीको अभियोग स्वीकार गरेका छन्।

तर, पीडितका आफन्तको दाबी छ, ‘प्रयासमात्रै हैन, बेलैमा हामीले नदेखोको भए त्यसले करणी नै गर्ने स्थिति थियो।’

एक रिसोर्टमा बसेको बेला सुनिलले बालिकालाई घुम्न जाऔँ भनेका थिए।

बालिकाले बाबुआमासँग पनि चिनजान भएको केटाले घुमाउँछु भनेपछि राम्रै मनशाय होला भन्ठानिन्।

तर, ५ बजे साँझ खस्नै लाग्दा सुनिलले केही पर पुगेपछि अश्लिल शब्द प्रयोग गर्दै अंगालो मारेर छातीतिर हात बढाए।

बालिका चिच्याइन् र भागेर अभिभावकसमक्ष आइपुगिन्।

सुनिल कालिका गाउँपालिकाकी अध्यक्ष सीता पौडेल (अधिकारी) का भाइ हुन्। घटना मिलाउन उनी आफैँ सक्रिय भइन्।

तर, करणी मुद्दा त्यसमाथि विदेशी बालिका पीडित भएपछि उनीमाथिको कारबाही अगाडि बढाउनुको विकल्प नभएको रसुवा प्रहरीले जनाएको छ।

 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad