समाज


कामपालाई छठ समारोह समितिको पुन: आग्रह : रानीपोखरीमा छठ मनाउन पाऊँ

कामपालाई छठ समारोह समितिको पुन: आग्रह : रानीपोखरीमा छठ मनाउन पाऊँ

नेपालखबर
कात्तिक १२, २०७९ शनिबार १५:२८, काठमाडौँ

महापर्व छठ समारोह समितिले छठ पर्व मनाउन यही कात्तिक १३ र १४ गते रानीपोखरी उपलब्ध गराउन काठमाडौं महानगरपालिकालाई पुनः आग्रह गरेको छ। समितिले शनिबार काठमाडौंमा पत्रकार सम्मेलन गरी छठ पर्व मनाउनका लागि रानीपोखरी उपलब्ध गराउन काठमाडौं महानगरपालिकालाई आग्रह गरेको हो। 

समितिले गत असोज ७ गते छठ पर्व मनाउनका लागि सो स्थान उपलब्ध गराउन काठमाडौं महानगरपालिकालाई निवेदन दिएको थियो। त्यसको सुनुवाइ नभएपछि आफूहरुले पत्रकार सम्मेलनमार्फत सो स्थान उपलब्ध गराउन काठमाडौं महानगरपालिकालाई पुनः अनुरोध गर्नु परेको समितिका अध्यक्ष मदन साहले बताए।

उनले असनलगायतका क्षेत्रमा बस्ने ब्रतालुहरुलाई सहज होस् भनेर सो स्थानमा छठ पर्व मनाउनका लागि गरिएको आग्रहलाई काठमाडौं महानगरपालिकाले बेवास्ता गरेको गुनासो गरे।

‘हामीले छठ मनाउन पाउँ भनेर यो पत्रकार सम्मेलन राखेका हौं। खोली दिए धेरै राम्रो हुन्थ्यो। असनमा बस्नेहरुलाई छठ मनाउन सजिलो हुने भएकाले हामीले महानगरपालिकालाई रानीपोखरी उपलब्ध गराउन फेरी पनि विनम्र अनुरोध गर्दछौँ,’ उनले भने।

रानीपोखरीमा २०६३ सालदेखि निरन्तर छठ पर्व मनाइँदै आएकोमा त्यसको भौतिक पूर्वाधार निर्माण कार्य भएकाले केही समय रोकिएको थियो। तर यस वर्ष भने भौतिक पूर्वाधारको सबै काम सकिएकाले यही कात्तिक १३ र १४ गते विभिन्न कार्यक्रमका साथ रानीपोखरीमा भव्य रुपमा छठ पर्व मनाउने तयारी गरिएको तर काठमाडौं महानगरपालिकाले भने अझैं सो स्थान उपलब्ध नगराएकोमा आफूहरु मर्माहत भएको साहले बताए।
 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad