माधवकुमार नेपाल नेतृत्वको नेकपा एकीकृत समाजवादीका कास्की जिल्ला समिति सचिव होम नेपाली नेकपा एमालेमा प्रवेश गरेका छन्।
उनी एमालेले कास्की क्षेत्र नम्बर २मा शनिबार आयोजना गरेको उम्मेदवार भेला तथा कार्यकर्ता भेटघाट कार्यक्रमबाट एमालेमा प्रवेश गरेका हुन्।
नेपालीलाई एमाले कास्कीका पूर्वजिल्ला अध्यक्ष कृष्ण थापासहितले स्वागत गरेका छन्।
उक्त कार्यक्रममा बोल्दै नेपालीले एमालेलाई कसैले नसक्ने बताउँदै समाजवादीको भविष्य नरहेको उल्लेख गरे।
उनले नयाँ पार्टीका नाममा माधव नेपाल र झलनाथ खनालहरुले नाटक देखाएको पनि बताए। नेपालीले समाजवादीमा एक वर्ष बस्दा धेरै बुझेको भन्दै त्यो पार्टीको भविष्य नै नदेखेपछि एमालेमै फर्किएको उल्लेख गरे।
93
Shares

प्रतिक्रिया