ad ad

समाज


भाइटीका लगाउने उत्तम साइत कुन देशमा कति बजे?

भाइटीका लगाउने उत्तम साइत कुन देशमा कति बजे?

फाइल फाेटाे


नेपालखबर
कात्तिक १०, २०७९ बिहिबार ६:४४, काठमाडौँ

प्रत्येक वर्ष कार्तिक शुक्ल द्वितीयाका दिन मनाइने नेपालीको दोस्रो ठूलो चाड तिहारको मुख्य दिन आज दाजुभाइले दिदीबहिनीबाट टीका ग्रहण गर्दै छन्। 

यमपञ्चकसमेत भनिने तिहारको अन्तिम दिन आज भाइटीका पर्व दिदी–बहिनीले आफ्ना दाजुभाइलाई श्रद्धा, आस्था र निष्ठाका साथ दीर्घायु, आरोग्य र ऐश्वर्य प्राप्तिको कामना गर्दै परम्पराअनुसार पञ्चरङ्गी वा सप्तरङ्गी टीका लगाएर मनाइँदै छ। आजको दिनलाई यमद्वितीया पनि भनिन्छ।

दिदीबहिनीले दाजुभाइलाई टीका लगाएपछि दाजुभाइले पनि दिदीबहिनीलाई टीका लगाउने गरिन्छ। दिदीबहिनीलाई पूजा गर्नाले अखण्ड सौभाग्य र ऐश्वर्य प्राप्त हुने शास्त्रीय मान्यता  छ।

भाइटीका आज दिनभर लगाउन कुनै बाधा नभए पनि साइत खोज्नेका लागि बिहान ११ः३७ बजेको अभिजित् मुहूर्तको समय उत्तम रहेको नेपाल पञ्चाङ्ग निर्णायक विकास समितिका अध्यक्ष प्रा श्रीकृष्ण अधिकारीले बताए। आज दिनभर भाइटीका लगाउन कुनै समस्या नरहेको उनले बताए। राज्य सञ्चालकले भने साइतमै टीका लगाउनुपर्ने समितिले जनाएको छ।

यसैबीच अन्तर्राष्ट्रिय पञ्चांग निर्णय समितिले नेपालसहित विभिन्न मुलुकमा भाइटीका लगाउने साइत छुट्टाछुट्टै तोकेको छ। 

समितिले जारी गरेको विज्ञप्तिअनुसार भारत, अमेरिका, बेलायत लगायतका देशमा भाइटीका लगाउने उत्तम साइत यसप्रकार छ:

 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .