ad ad

ग्लोबल


सर्पको पेटभित्र सिंगै महिलाको शव!

सर्पको पेटभित्र सिंगै महिलाको शव!

नेपालखबर
कात्तिक १०, २०७९ बिहिबार ८:३५, काठमाडौँ

इन्डोनेसियामा बेपत्ता एक महिला सर्पको पेटभित्र मृत भेटिएकी छन्। 

मात्रा टापुमा पर्ने  जाम्बु प्रान्तकी ५४ वर्षीया जहरा बेपत्ता भएपछि खोजी गर्दा सोमबार बिहान पाइथन प्रजातिको सर्पको पेटभित्र उनको शव भेटिएको हो। 

द गार्डियनका अनुसार रबर खेतीमा काम गर्ने ती महिला आइतबार बिहान घरबाट निस्केकी थिइन्। तर साँझ उनी घर नफर्किएपछि उनका पतिले उनको खोजी गर्न थाले। बारीमा उनले श्रीमतीका चप्पल, ज्याकेट, रुमाल र चक्कु फेला पारेपछि छिमेकीलाई खबर गरे। 

प्रहरीसहितको टोलीले खोजी गर्दै जाँदा नजिकै पाइथन प्रजातिको सर्प देखियो। सर्पको पेट फुलेको देखिएपछि शंका लागेर पेट चिर्दा ती महिलाको शव फेला परेको द गार्डियनमा उल्लेख छ। 

सात मिटरसम्म लामो हुने पाइथन सर्पले आहाराका लागि ससाना जनावरलाई सिंगै निल्ने गर्छ। तर मान्छेलाई सिंगै निलेको घटना बिरलै हुने बताइएको छ। 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .