समाज


पशुपति धर्मशालाकाे मापदण्ड विपरीतका संरचना ३५ दिनभित्र हटाउन क्षेत्र विकास कोषको सूचना

पशुपति धर्मशालाकाे मापदण्ड विपरीतका संरचना ३५ दिनभित्र हटाउन क्षेत्र विकास कोषको सूचना

फाइल तस्बिर


नेपालखबर
कात्तिक ४, २०७९ शुक्रबार ७:२४, काठमाडौँ

पशुपति क्षेत्र विकास कोषले पशुपति गौशाला धर्मशाला सञ्चालक समितिलाई ३५ दिनभित्र मापदण्ड विपरीतका संरचनाहरु हटाउन सूचना जारी गरेको छ। शुक्रबार (४ कात्तिक) एक सूचना जारी गर्दै क्षेत्र विकास कोषले समितिले सम्झौता विपरितका कार्यहरु गरेको पाईएकोले संरचना हटाउन निर्देश गरेको हो। 

मारवाडी सेवा समिति नेपाल, गौशाला धर्मशाला संचालक समितिले धर्मशाला सञ्चालन उद्देश्य मुताविक नभएको, विशुद्ध रुपमा गौपालन, नन्दी सेवा तथा तीर्थयात्रीहरुलाई धर्मशाला (आवास) सञ्चालन मात्र गरेको हुनुपर्नेमा त्यस विपरित भएको भन्दै संरचना हटाउन सूचना जारी गरिएको जनाइएको छ। 

‘मारवाडी सेवा समिति नेपालद्वारा सञ्चालित पशुपति गौशाला धर्मशाला सञ्चालक समितिलाई मिति २०७९र०६र२६ गतेको पत्रबाट गौशाला धर्मशाला सञ्चालन उद्देश्य मुताविक नभएको, विशुद्ध रुपमा गौपालन, नन्दी सेवा तथा तीर्थयात्रीहरुलाई धर्मशाला (आवास) सञ्चालन मात्र गरेको हुनुपर्नेमा त्यस समितिले सम्झौता विपरितका कार्यहरु गरेको पाईएकोले सम्झौता र मापदण्ड विपरितका संरचनाहरु ३५ (पैतिस) दिन भित्र हटाउन यो सूचना जारी गरिएको छ,’ सूचनामा भनिएको छ, ‘अन्यथा नियमानुसार भै जाने व्यहोरा यसै सूचनाद्वारा जानकारी गराईन्छ।’

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .