राजनीति


एमाले परमादेशबाट जन्मिएको पार्टी हो : शिक्षामन्त्री पौडेल

एमाले परमादेशबाट जन्मिएको पार्टी हो : शिक्षामन्त्री पौडेल

शिक्षा विज्ञान तथा प्रविधिमन्त्री देवेन्द्र पौडेल।


नेपालखबर
कात्तिक ४, २०७९ शुक्रबार ७:३७, काठमाडौँ

शिक्षा विज्ञान तथा प्रविधिमन्त्री देवेन्द्र पौडेलले परमादेशबाट नेकपा एमाले जन्मिएको आरोप लगाएका छन्। ताराखोलामा ५ दलीय गठबन्धनको चुनावी कार्यालयको उद्घाटन गर्दै उनले अदालतले जन्माएको पार्टी नेकपा एमाले भएको आरोप लगाए।

‘दुई पार्टी एकतापछि नेपाल कम्युनिष्ट पार्टी बहुमतको थियो, केपीले सेटिङमा अदालतले पुरानै अवस्थामा फर्कायौं’, उनले भने, ‘एमाले हो कि? सरकार हो परमादेशको?’

बागलुङका दुरदराजका जनताको पीर मर्का बुझेको बताउँदै जीवनभर जनताकै पक्षमा काम गर्ने विश्वास व्यक्त गरे। मध्यपहाडी लोकमार्ग हुँदै काठेखोला नरेठाँटी सुरुङमार्गको काम अघि बढेको बताउँदै उत्तरगंगा जलाशयुक्त परियोजनाको काम पनि अघि बढ्ने विश्वास व्यक्त गरे।

उनले ताराखोला गाउँपालिकामा प्रत्येक स्थानीयहरुको घरमा केन्द्रीय प्रशारण लाइन जडान हुने बताउँदै केही समयपछि पर्यटकीय क्षेत्र ताराखोला हुने बताए। उनले पोखराबाट सिधैं ताराखोलामा पर्यटक आउने बताउँदै होम स्टे, शहीद मार्गलगायतका काम चाडै हुने बताए।

विकासमा कुन व्यक्ति कहाँ जन्मियो भन्ने विषयले फरक नपार्ने बताउँदै सबै कुरा कामले जवाफ दिने बताए।

बागलुङ प्रदेश सभा सदस्य “क”का उम्मेदवार जीतबहादुर शेरचनले भ्रष्टाचारले देश कंगाल बन्दै गएको बताउँदै गठबन्धनको सरकारले भ्रष्ट्राचार न्यूनिकरणमा काम गर्ने बताए। मानव विकास सुचाङक वृद्धिले मात्रै देशको विकाश हुने बताए।

आय आर्जन गर्न नसक्ने कृषि कर्मले जनताको जीवनस्तर माथि नउढ्ने भन्दै आफूहरुले योजनाबद्धरुपले काम गर्ने विश्वास व्यक्त गरे।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .