ad ad

समाज


अझै भेटिएनन् पहिरोमा पुरिएका कालिकोटका १३ मलामी

अझै भेटिएनन् पहिरोमा पुरिएका कालिकोटका १३ मलामी

फाइल तस्बिर


नेपालखबर
असोज २४, २०७९ सोमबार २०:०, सुर्खेत

जिल्लाको तिलागुफा नगरपालिका ४ राँचुलीमा स्थानीय हेमराज शाहीको मलामी गएका १३ जनाको अवस्था अझै पत्ता लाग्न सकेको छैन। 

कालिकोटका प्रहरी प्रमुख प्रहरी नायब उपरीक्षक सिद्धराज न्यौपानेलेका अनुसार वेपत्ता भएकाहरुको खोजिका लागि १४ प्रहरीसहित स्थानीय खटिएका छन्। 

डिएसपी न्यौपानेका अनुसार विपद् व्यवस्थापन गण जुम्लाबाट १५ जना प्रहरी जनशक्ति घटनास्थलमा खटिएका छन्। 

तर भौगोलिक कठिनाई र निरन्तर वर्षाका कारण उक्त टोली अझैसम्म पनि घटनास्थलसम्म पुग्न सकेको छैन। 

डिएसपी न्यौपानेका अनुसार घटनास्थल नजिकका पहिरोको जोखिममा रहेका वस्तीहरुलाई सुरक्षित क्षेत्रमा जान अनुरोध गरिएको छ। 

प्रहरी र स्थानीयले खोजी कार्य जारी राखे पनि अझैसम्म पनि बेपत्ताहरुको कुनै जानकारी आउन नसकेको कालिकोटका प्रमुख जिल्ला अधिकारी रामहरि शर्माले जानकारी दिए। 

प्रतिकुल मौसमका कारण खोजी कार्यमा समस्या आएको प्रजिअ शर्माले बताएका छन्। 

शव दहन गरिने क्षेत्र माथिबाट ठूलो पहिरो गएकाले बेपत्तालाई तिला नदीले बगाएको हुन सक्ने प्रजिअ शर्माले बताए। 

आइतबार मलामी गएका तिलागुफा नगरपालिका वडा नम्बर ४ का ५९ वर्षिया वडाध्यक्ष परबहादुर शाही ४७ वर्षीय कालिबहादुर शाही, ६३ वर्षका धनबहादुर शाही, ३१ वर्षका क्षेत्रजंग शाही, २८ वर्षीय खगेन्द्र शाही, २३ वर्षीय भेषबहादुर शाही, ५५ वर्षीय धन शाही, ७६ वर्षीय अलि शाही, २३ वर्षीय खेमराज शाही, ५७ वर्षीय भक्तबहादुर शाही, ४१ वर्षीय मोतिलाल शाही, २४ वर्षीय नरेश शाही, २३ वर्षीय प्रशान्त शाही सम्पर्कविहीन रहेका छन्।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .