ad ad

खेल


राष्ट्रिय खेलकुद : फेन्सिङमा बागमती, सुदूरपश्चिम र आर्मीलाई स्वर्ण

राष्ट्रिय खेलकुद : फेन्सिङमा बागमती, सुदूरपश्चिम र आर्मीलाई स्वर्ण

नेपालखबर
असोज २४, २०७९ सोमबार २०:४४, काठमाडौँ

नवौं राष्ट्रिय खेलकुद प्रतियोगिता अन्तर्गत सोमबारदेखि सुरु फेन्सिङमा तीन स्वर्ण पदकको छिनोफानो भएको छ। सोमबार पोखरा रगंशालाभित्र रहेको ब्याडमिन्टन कभर्डहलमा भएको प्रतियोगितमा बागमती र सुदूरपश्चिम प्रदेश तथा आर्मीले समान १ स्वर्ण पदक जितेका छन्। 

महिला व्यक्तिगत स्पर्धामा शिक्षा नापितले बागमती प्रदेशलाई पहिलो स्वर्ण दिलाएकी हुन्। महिला व्यक्तिगत सावर विधामा शिक्षाले एपीएफकी उर्मिला लामालाई पराजित गर्दै स्वर्ण जितेकी हुन्। उर्मिलाले रजत जित्दा आर्मीका रविना थापा र मनिषा श्रेष्ठले कास्य जिते। 

इपी महिला व्यक्तिगततर्फ इन्दिरा पौडेलले स्वर्ण जितेकी छिन्। आर्मीकी इन्दिरा पौडेलले स्वर्ण जित्दा सीता पाठकले रजत पदकमा चित्त बुझाइन्। आर्मीकी पुजन कुमाल र एपीएफकी जानुका स्याङतानले कास्य जिते। 

पुरुषतर्फ जलेन्द्र शाहीले सुदूरपश्चिम प्रदेशलाई पहिलो स्वर्ण दिलाएका छन्। शाहीले  बागमतीका संजीव लामालाई पराजित गर्दै स्वर्ण जिते। आर्मीका वीर सिंह शाही र एपीएफका शेरसिंह ऐरीले कास्य पदक पाए।
 
प्रतियोगितामा विभागीय टोली नेपाल आर्मी, शसस्त्र प्रहरी बल, गण्डकी प्रदेश, बागमती प्रदेश, प्रदेश १ र सुदूरपश्चिम प्रदेश सहभागी छन्। हरेक समुहबाट महिला र पुरुष समान १२ गरी २४ जनाले भाग लिएका छन्। 

फेन्सिङ अन्तर्गत ईपी, फोयल र सावर गरी तीन इभेन्टमा प्रतिस्पर्धा भइरहेको छ। प्रतियोगिता राउन्ड रोबिनको आधारमा हुने प्राविधिकले जनाएका छन्।

नवौं राष्ट्रिय प्रतियोगिताको पहिलो स्वर्ण नेपाल पुलिस क्लबले जितेको थियो। पुलिसले पुरुष क्रिकेटमा पहिलो स्वर्ण जित्दै स्वर्ण तालिकामा पहिलो स्थान बनाउन सफल भएको थियो।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .