ad ad

समाज


तीन प्रदेशका थोरै र बाँकी प्रदेशका एक–दुई स्थानमा वर्षाको सम्भावना

तीन प्रदेशका थोरै र बाँकी प्रदेशका एक–दुई स्थानमा वर्षाको सम्भावना

फाइल तस्बिर


नेपालखबर
असोज १६, २०७९ आइतबार ७:५५, काठमाडौँ

आज (असोज १६ गते) पनि देशभर विभिन्न स्थानमा वर्षाको सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। 

महाशाखाका मौसमविद् वरुण पौडेलका अनुसार अहिले देशभर मौसम आंशिक बदली छ, वर्षाचाहिँ कतै भएको छैन। 

‘बिहान मुगुतिर वर्षा भएको थियो, अहिले कतै छैन’, मौसमविद् पौडेलले आइतबार बिहान नेपालखबरसँग भने, ‘झपा, मोरङतिर बादल लाग्दै छ, त्यतातिर छिटफुट वर्षा हुन सक्छ।’

मौसम महाशाखाले आज बिहान ६ बजे जारी गरेको मौसम पूर्वानुमान बुलेटिनअनुसार दिउँसो  प्रदेश १, बागमती र गण्डकी प्रदेशका थोरै स्थान र बाँकी भूभागका एक दुई स्थानमा मेघगर्जन/चट्याङसहित हल्का वर्षाको सम्भावना छ। 

यसैगरी राति पनि देशका पहाडी भेगका एक दुई स्थानमा मेघगर्जन/चट्याङसहित हल्का वर्षाको सम्भावना छ।

मौसमविद् पौडेलका अनुसार आज (आइतबार) र भोलि (सोमबार) त्यति ठूलो वर्षाको सम्भावना छैन।

त्यसो त आज अक्टोबर २ तारिख नेपालबाट मनसुन (पानी पार्ने प्रणाली) बिदा हुने सरदर मिति हो। ‘तर नयाँ प्रणाली विकास भएका कारण यसपटक मनसुन केही दिन ढिला बाहिरिने भएको छ’, मौसमविद् पौडेलले भने।

बंगालको खाडीमा बनेको न्यून चापीय क्षेत्रको प्रभावले दसैँको नवमी अर्थात् असोज १८ देखि द्वादशी अर्थात् असोज २१ गतेसम्म ठूलो वर्षाको सम्भावना रहेको जानकारी मौसम पूर्वानुमान महाशाखाले यसअघि नै गराइसकेको छ। 

यो पढ्नुहोस्नवमीदेखि द्वादशीसम्म व्यापक वर्षाको सम्भावना (विशेष मनसुन बुलेटिनसहित)

यस विषयमा थप अध्ययन भइरहेकाले दसैँको अवधिमा वर्षाको सम्भावना कस्तो छ भनेर फेरि अर्काे विशेष बुलेटिन जारी गर्ने तयारी भइरहेको मौसमविद् पौडेलले बताए।  

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .