समाज


कीर्तिपुरमा भेटिएको शंकास्पद वस्तु प्रहरीले खोल्यो

कीर्तिपुरमा भेटिएको शंकास्पद वस्तु प्रहरीले खोल्यो

नेपालखबर
असार १०, २०७६ मंगलबार २:२,

काठमाडौंको कीर्तिपुरमा आज (मंगलबार) बिहानै कपडाले फेला परेको शंकास्पद वस्तु प्रहरीले खोलेर हेरेको छ।

कीर्तिपुरस्थित त्रिभुवन विश्वविद्यालयको पर्खालनेर नयाँबजार गेटमा रातो कपडाले बेरेर राखिएको वस्तु खोलेर हेर्दा मिनलर वाटरको बोतलमा माटो भरिएको पाइएको महानगरीय प्रहरी वृत्त (कीर्तिपुर) का डीएसपी छेदीलाल कामतीले जानकारी दिए।

नेपालखबरसँग उनले भने, ‘कतिखेर राखियो थाहा भएन, हामीले चाहिँ बिहान साढे ४ बजेतिर थाहा पायौं,’ नेपालखबरसँग कुरा गर्दैै उनले भने, ‘रातो कपडाले बेरेको देखेपछि शंका लागेको थियो तर प्रहरी टोली पुगेर खोलेर हेर्दा मिनरल वाटरको बोतलमा माटो भरिएर राखिएको रहेछ।’

आज नेत्रविक्रम चन्द विप्लव समूहले नेपाल बन्द आह्वान गरेकाले तर्साउन राखेको हुनसक्ने प्रहरीको अनुमान छ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad