छापा खबर


तनाबमा हुनुहुन्छ? यी हुन् तनाबरहित भएर आनन्दले जीवन जिउने कला

तनाबमा हुनुहुन्छ? यी हुन् तनाबरहित भएर आनन्दले जीवन जिउने कला

नेपालखबर
असार १०, २०७६ मंगलबार १:५२,

भनिन्छ हरेक मानिसले आफूभित्र आनन्दको फूल लिएर जन्मेको हुन्छ।

हामी देख्न सक्छौँ, बालबालिकालाई कसले के भन्दै छ, के गर्दै छ, कुनै मतलब हुँदैन।

उनीहरु हरेक वस्तु र अवस्थाको मज्जा आफ्नै धुनमा लिइरहेका हुन्छन्। यो जानकारी आजको नयाँ पत्रिका दैनिकमा मञ्जु थापा आचार्यले लेखेकी छन्।

यसबाट बुझ्न सकिन्छ, आनन्दित अवस्थामा रहनु मानिसको मौलिकता हो।

तर, वयस्क भएपछि लाखौँ मानिसमध्ये केहीले मात्र आनन्दको अनुभूति गर्छन्। कारण, हामी वयस्क हुँदै जाँदा आफ्नो अस्थित्व भौतिक चिजसँग लगेर जोड्छौँ।

सारा कुरा मैले भनेजस्तो र सोचेजस्तो हुनुपर्छ भन्ने हामी सोच्छौँ। जसले हामीलाई आनन्दित रहने मौलिकताको नजिक आउँनै दिँदैन।

जन्मिँदै ल्याएको र बालापनमा अनुभवसमेत गरेको, तर वयस्क हुँदै जाँदा हराएको आनन्द पुनः प्राप्त गर्न चाहनेले कुनै पनि कुरा शाश्वत छैन भन्ने मनन् गर्नुपर्छ।

आज र अहिले बाँचुनहोस्। जीवन जिउने सर्वोत्तम तरिका यही हो।

हिजो जे भयो मृत्यु भइसकेको छ, त्यसबाट प्राप्त हुने शिक्षा मात्र हो। भोलीको त्रासबाट मुक्त हुनुहोस्।

जे भइरहेको वा भयो, सोप्रति कुनै गुनासो नममा नरहनु स्वीकार भाव हो।

अर्को शव्दमा भन्दा यो हुनुपर्ने भएन या यो नहुनुपर्ने भयो भनेर अड्केर नबसी, अघि बढ्नु हो।

तपाईं अहिले कठिनाईमा हुनुहुन्छ भने कठिनाई सधैँ रहने छैन। तपाईं सुखसयलमा हुनुहुन्छ भने पनि यो सधैँ रहनेछैन।

यस संसारमा केही पनि शाश्वत छैन, न तपाईं, न घटनाक्रम। सबैभन्दा ठूलो होस् यही हो। यो सत्यलाई बुझ्न सके मानिस सँधै आनन्दित रहन्छ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad