काठमाडौंको कीर्तिपुरमा शंकास्पद वस्तु फेला परेको छ।
नेत्रविक्रम चन्द नेतृत्वको नेकपाले नेपाल बन्द आह्वान गरेको दिन आज (मंगलबार) बिहानै कीर्तिपुरस्थित नयाँ बजारमा शंकास्पद वस्तु फेला परेको हो।
प्रहरी टोली घटनास्थल पुगेको र थप विवरण आउन बाँकी रहेको महानगरीय प्रहरी परिसरका प्रवक्ता डीएसपी होविन्द्र बोगटीले जानकारी दिए।

प्रतिक्रिया