सशस्त्र प्रहरीले निरीक्षक (इन्सपेक्टर) र सहायक निरीक्षक (असई) माग गरेको छ।
सशस्त्र प्रहरी बलले शुक्रबार सार्वजनिक सूचना जारी गरी इन्सपेक्टर र असई मागेको हो।
जारी सूचनाका अनुसार ७१ सशस्त्र प्रहरी निरीक्षक (साधारण उपसमूह), ८ सशस्त्र निरीक्षक (कानुनतर्फ) र ७३ सहायक निरीक्षक (साधारण उपसमूहतर्फ) माग गरिएको हो।
कात्तिक ७ गतेभित्र आवेदन दिन सकिने सूचनामा उल्लेख गरिएको छ।
असोज ७, २०७९, शुक्रबार
प्रतिक्रिया