रियलमी प्रेजेन्ट्स ‘सुपर डान्सर नेपाल’ हाल कान्तिपुर टेलिभिजनबाट प्रसारण भइरहेको छ। ‘सुपर डान्सर नेपाल’को १२ एपिसोड प्रसारण भइसकेका छन्। अहिले यो शोमा उत्कृष्ट १० सुपर डान्सरले आफ्नो नृत्य कला देखाइरहेका छन्।
‘सुपर डान्सर नेपाल’को आगामी एपिसोडमा अभिनेत्री स्वस्तिमा खड्का देखिदै छिन्। उनले उक्त शोमा आफ्नो प्रस्तुति दिनेछिन्। थुप्रै सिनेमा तथा म्युजिक भिडिओमा अभिनय गरेकी स्वस्तिमा जिवन्त अभिनय गर्ने अभिनेत्रीमा पर्छिन्।
सन् २०१५ ‘होस्टल रिटन्र्स’बाट रजतपटमा डेब्यु गरेकी स्वस्तिमाले त्यसपछि पछाडि फर्किनु परेन।
‘सुपर डान्सर नेपाल’को आउँदो एपिसोडमा स्वस्तिमाले उत्कृष्ट १० मा प्रतिस्पर्धा गरिरहेका प्रतियोगीलाई हौसला प्रदान गर्नेछिन्। स्वस्तिमा सहभागी भएको यो एपिसोड आज राति प्रसारण हुने छ।
असोज ७, २०७९, शुक्रबार
54
Shares
प्रतिक्रिया